यु विल डाइ सिङ्गल
सनिवारको दिन, भोलि त छुट्टी छ। बिहान हतार गरेर उठ्नु पर्ने त छैन नी। यस्तै सोचेर शुक्रबार बेलुकी अबेर राती सम्म निदाइन। साथीभाइहरुसङ्ग च्याटमा गफिएँँ। अँँ साची साथी भाइहरु पनि नयाँ । पुरानो साथीहरु आजकाल अलिक बोल्न छाडेका छन । समय र परिवेश सङ्गै साथ दिनेहरु पनि परिवर्तन हुँदा रहेछन । यसो भनिरहदा पुराना साथीहरु सबै बोल्न छाडेका पनि हैनन।जहाँ आत्मीयता प्रगाढ हुन्छ त्यँहा समय र परिवेश गौण हुँदा रहेछन। केही यस्ता साथीहरु पनि छन , समय र परिवेशको अलवा वेलावेला सम्झिन्छन। आँखामा परेलीको ढकनी घरी लाग्थ्यो घरी उग्रन्थ्यो। हातवाट मोबाइल झर्यो, झसङ्ग भएँँ। दिमागमा यादव सरको तस्वीर आयो,रातको समयमा मोबाइल चलाउदै गर्दा निद्रामा परेको वेला उहाँको हातबाट त्यसरीनै मोवाइल झर्थ्यो।इन्ट्रन्शिप को दौरानमा कलैया बस्दा थाहा पाएको। एकचोटि जिस्किन मन लागेर उहाँलाई मेसेन्जर मा चेक गरेँँ। अफलाइन देखेसी म पनि अफलाइन भए । सनिवार बिहान अबेला सम्म निदाउने योजना बनाएर सुतेको म तीन बजे नै बिउँझे । निद्रा हट्यो । उज्यालो भयो। जिउ भारी भएको जस्तो भयो। खाना खाइसके पछि आराम गर्नको लागि बसियो, मोबाइल स