यो शहरदेखी त्यो गाउँ सम्म
यसपालिको दशै सधैंझै रमाइलोमै बित्यो। चाडपर्वहरु मध्ये मलाई सबैभन्दा मन पर्ने चाड चाहिँ तिहार भए पनि मेरा लागि दशै स्पेसलनै बन्ने गर्छ। कारण तिहारमा जन्मथलो जान पाउदिन भनौ या परिस्थितिले काठमाडौ छाड्न दिदैन। पारिवारिक भेटघाट, साथीभाइ सङ्गको जमघट, सुखदुःख साटासाट अनि आमाबाबुको ममताको बगैंचामा थोरै भए पनि घुलमिल हुन पाइन्छ दशैमा । यसपालीको दशै सधैको जस्तै भए पनि केही भिन्न रह्यो। पहिले दशैमा असोज लाग्नसाथ कोठाको भित्तामा झुन्ड्याइएको क्यालेन्डरमा घर जाने दिन टिक लगाएर असोज महिनाको क्यालेन्डरको पन्ना नजान्ने बच्चाले खाली पन्नामा केरेझै केरिएका हुन्थे भने घटस्थापनाको दिन देखिनै घर जाने तरखरमा रहिन्थ्यो, यसपाली त्यो रहेन। जसोतसो फुलपातीको दिन सम्म भने पनि घर पुगियो। खाडिचौर देखि चरिकोटसम्म बाटो अप्ठ्यारो छ, कसरी पुग्ने होला, कि खुर्कोट हुँदै जाउ, मनमा यस्तै यस्तै कुरा चलिरह्यो।अठोट गरि खाडिचौर हुँदै घर जाने तय गरियो। दाजुभाइ आलोपालो गरि मोटरसाइकल चलाउदै पुग्ने सम्झौता भएपनी त्यसो हुन सकेन कारण म थिए। मलाई अरु जतिसुकै मोटरसाइकल चलाउन जान्ने भए पनि पछाडी बस्नु पर्दा बिस्वास लाग्दैन भनौ य