Posts

Showing posts from April, 2019

वाह नयाँ साल??

Image
मिरमिरे देखि गोधुलीसम्म गुनगानै गुनगान। कति भाग्यमानी छस है तँँ? हरेकले तेरो आगमनको उपलक्ष्यमा धुमधाम सङ्ग उत्सव मनाउछन, सुभ साइतको नाम दिएर तेरै आगमनको उपलक्ष्यमा सम्पुर्णले सम्पुर्णलाई शुभकामना आदनप्रदान गर्छन । त्यति मात्रै हो र, युवायुवती तेरै आगमनको मौका छोपी डाँडाकाँडा चहार्ने गर्छ्न, सामाजिक संजालले ठाउँ पाइनसक्नु हुन्छ। अरे यार, अरु त अरु कहिल्यै नछिर्नेहरु पनि तेरै आगमनको वहानामा तलाई सुभसाइतको पगरी गुथाई वर्षभरीनै साउनीको भट्टिको तिनपानेलाई सुभदिनको सगुनको रुपमा पिउनेहरुको पछि लागि छिरिदिन्छन पिउनकै लागि। नाम वर्षभरीको लिएर काम एकै दिनमा तमाम गरिदिन्छ्न। वाह वैशाख १ गते वाह! तेरो जन्म भएको ठ्याक्कै ३६५ दिनमा नयाँ वर्ष सुरु हुन्छ । कति लामो आयु तेरो, दीर्घायु । जन्म एउटै, भोगाइ उस्तै , तर हेर त तेरै अघिल्लो दिन न हो, चैत्र ३० । तर पनि त भन्दा ३६४ दिन कान्छो अरे। वर्षको अन्तिम दिन, बिचरो जन्मेको एकै दिनपछी एक वर्ष पुरानो भई दिन्छ । भोगाई कत्ती गह्रौं छ । वर्षभरीको पेलाईको अन्तिम दिन। नेपालीहरुले कोरिया जानको लागि बसेको लाइनको अन्तिममा रहेको नेपाली जस्तो। पर्खाई लामो तर पा