Posts

Showing posts from September 29, 2018

नोकिया सोह्र सय

Image
गाउँबाट शहर छिर्दै गर्दाका क्षणहरु मध्ये पहिलो पटक गाडी देख्दा र पहिलो पटक क्याम्पस जाँदाको दिन अझै स्मृतिमा रहिरहेका छन। पहिलो पटक बुबासँँग चरिकोट आउँदाको कुरा हो । तामाकोसी नदिको तीरै तिर लगभग तीन घण्टा हिडेपछी रातमाटे भन्ने ठाउँ र त्यहाँ बाट दुई घण्टाको उकालो बाटो पार गरेपछी ऐतिहासिक दोलखा बजार आइपुगिन्थ्यो। शहरी जीवनको आभाष दिलाउने त्यस बजारबाट चरिकोट हिडेरै आउँदा पनि बीस मिनेट लाग्ने रहेछ। दोलखा बजारमा चरिकोट जाने बस भेटिएन, हिडेरै जाने निधो गरि अगाडी बढ्यौ। अलिक परबाट बसको हर्न सुनियो। मन यति कापेको थियो कि रोडमा हिड्दै गरेको म रोडबाट बीस मिटर जति पर पुगेर बसलाई साइड दिएको थिएँ । त्यस्तै पहिलो पटक नयाँ युनिफर्ममा विद्यालयको जस्तै गरि झोलाभरी किताब बोकेर क्याम्पस पढ्न भनी हिडेको म क्याम्पसको  गेटबाट भित्र छिर्दै गर्दा चौरमा बसेका दुई केटिहरुको लागि हासोको पात्र बन्न पुगेको थिएँ । उनिहरु मलाई देखेरै हासेका थिए तर मेरो उपस्थितिमा त्यतिको गरि हास्नुको कारण मैले आजसम्म पत्ता लाउन सकेको छैन। सायद व्याचलर पढ्दा ताका होला मैले पहिला याहु आइडि बनाएको थिएँ । सुरुमा साइवर जानू रहर हुन्थ