कुच्चिएको अनुहार
शब्द स्थीर र अदृष्य अस्तित्व हो । अझ यसरी भनौ, शब्दमा शक्ति हुन्छ। स्थिती शक्ति । शब्दलाई गति शक्तिमा रुपान्तरण गर्न आवाजले भूमिका खेलेको हुन्छ । आवाज माध्यम हो । मतलव, आवाज विचौलिया हो । यसले शव्दलाई स्थिती बाट गति शक्तिमा रुपान्तरण गर्न एजेन्टको काम गर्दछ । विचौलिया होस या माध्याम होस यात एजेन्ट, यिनीहरु पनि शब्दनै हुन । मेरो भन्नुको तात्पर्य शब्द तीरमा राखेको वाण हो । वाणरुपी शब्दहरु जब तीररुपी मुखारविन्दुबाट प्रहार हुन्छन, त्यसले गति लिन्छ र कित सही सीकार हान्छ कित गत्तिलो क्षती गर्छ । शब्द हतियार हो, चलाउन जान्नेलाई खेलाउना, नजान्नेलाई पछुतो र बिलौना। शब्दको लागि आवाज मात्र माध्याम हैन । कतिपय शब्द आफै बोल्छन । शब्द आफै बोलेको महशुस गर्न नयनको सयन हुन पर्छ । नयनको सयनले कयन कहानीहरु चयनसाथ विश्वमा अटल रहेका छन । बुझ्नेलाई इसारा काफी छ भन्नुको तात्पर्य नै यही हो । इसारा शब्दको अर्को माध्याम हो । इसाराको निसाना आवाजको जहाजभन्दा कयौ गुणा तिब्र दौडन्छ । मान्छेहरु भन्ने गर्छन । आवाजमा शक्ति हुन्छ, यसलाई बुलन्द बनाउनु पर्छ ।मेरो धारणा फरक छ। फरक यस मानेमा की, श...