अवोधको वेदना
झ्यालको पर्दा लाई बिहानीको सिरेटोले हल्का धकेलेछ।त्यही मौकामा सुर्यको किरणले मस्त निद्रामा परेका मेरा आँखालाई चुम्बन गरे।करिव विहानको साढे सात बजेको थियो, म निद्राबाट बिउँझिदा।आज संविधान दिवस, सार्वजनिक विदा भएकोले अफिस जान हतार गर्नु पर्ने आवश्यकता थिएन।बिस्तारै उठेर वरन्डामा निस्किएँँ। एक झोका चिसो बतासले मेरा शरीरभरि स्पर्श गरेर विलय भयो। मन आनन्दित भयो, फ्रेस भएँँ। वरन्डा बाट अरनिको राजमार्गमा एकादुई गाडी गुडिरहेको देखिन्थ्यो। आकाश सफा थियो, नजिकको सडक चकमन्न थियो। घर अघिल्तिरको घरमा सुनसान थियो, लाग्यो सबैले संविधान दिवसको भरपुर उपयोग गरिरहेका छन, विहानीको मीठो निद्राको साथमा। घर अगाडिको अर्को घरको वरिपरि पानी नछिर्ने गरि रबरको पाताले छानो छाइएको छ। चराहरुको चिरविर आवाज एकै छिन घन्किए। एक जोडी सारौ यसरी कराउदै थिए कि केही अप्ठ्यारो हुँदै छ, एक हुल भगेरा अनिष्ट भए जसरी आवाज निकाल्दै थिए। अचानक एउटा काग परेवाको गुडवाट हतार हतार निस्कियो,उड्न सक्ने अवस्थाको परेवा को बच्चा रवरको छानोमा फ्यात्त झर्यो। मरिसकेको थियो या झरेर मर्यो ठम्याउन सकिन। एक जोडि परेवा हुरुरु उडेर आए