Posts

Showing posts from February 14, 2019

प्रणय दिवसको दिन

Image
आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस। आज भन्दा करिव बाह्र साल पहिले जानी नजानी यो शब्द सुनेको थिए। कतिपयले उच्चारण गर्न नजानेर त कतिपयले खिसिट्याउरी तरिकाले यस दिनलाई ह्याप्पी भान्टाङभुन्टुङ्ग डे पनि भन्ने गर्दथे/ छन। गाउँले परिवेशमा हुर्केको सरकारी विद्यालयमा पढेको म दुरदराजको एउटा वालक (त्यो वेलाको) लाई के थाह भ्यालेन्टाईन डे के हो। न त्यो वेलामा अहिलेको जस्तो टेक्नोलोजीको विकास भाको थ्यो न त कोहि कसैले यसको वारेमा प्रष्ट्याउने प्रयास गरेका थिए। त्यो वेलाको समयमा म बस्ने ठाउँबाट कलेज सम्म आउने बाटो हिडेर करिब पैंतिस मिनेट्को थियो। कलेजमा अरु विषयको पढाइ विहानी सत्रमा हुन्थ्यो तर विज्ञान विषय पढ्नको लागि दिवा सत्र पर्खनु पर्दथ्यो। दिवा सत्रमा सदाझै पढ्नको लागि निस्केको मैले बाटोभरीनै हल्काफुल्का वर्षा र चिसो हावाको स्पर्श गर्दै गित सुन्दै कलेज पुगेको थिए। त्यो वेलाको नोकिया सोह्र सय को सेटमा "के सन्देश बोकि ल्यायौ, हे वादल आकाशै छोपी" भन्ने गित पाच पटक सुनेपछी आफू बस्ने घर बाट कलेज पुगिन्थ्यो। जति सुने पनि आनन्दित हुने त्यो गित अहिले पनि वेलावेला सुन्ने गर्दछु।