सोडारी सबैको रहस्य

"हैन यो सोडारी भनेको के हो? मैले त सोचेको थिए सोडारी भनेको कोहि इन्डिया को मान्छे हो, पछि प्रोफाइलमा ठेगना हेर्दा त दोलखा देखाउछ अनि बुझ्दै जादा नेपाली नै लाग्यो ।साची यो सोडारी कस्तो थर हो?" सटिक जवाफ दिए- जसरी मेरो नामलाई सहजै स्वीकार गर्नु भयो हो त्यसरी नै हेर्नुस थर त्यतिकै सहज छ।



"हेल्लो?" मेसेन्जर मा अर्को कोहि को मेसेज आयो। "हजुर?" रिप्लाइ दिए। सन्चै हुनुहुन्छ? कहाँ देखि हो ? के गर्नु हुन्छ? जस्ता प्रश्नको जबाफ फर्काए पछि एक प्रश्न आयो "सोडारी कस्तो थर हो? ब्राह्मण, क्षत्री, कि अरु तल्लो जात?" मन चसक्क भयो।प्रतिप्रश्न गरेँँ "हजुर को परिभाषामा कुन कुन थर तल्लो जात को हो?" उत्तर आएन। भोलिपल्ट उत्तर आयो "हैन अरु अरु जात हुन्छन नि भन्नुस न कुन जात हो?" उत्तर दिएँ "म केटा जाती" अलि कति सल्लाह पनि दिएँँ "मलाई त प्रश्न गरिहाल्नु भयो अरुलाई प्रश्न गर्न मन लाग्यो भने प्रश्न गर्नु अघि कम्तिमा तीन चोटि सोच्नु है" उत्तर आएन।प्रश्न नै आयो "रिसाउनु भाको?" सटिक जबाफ दिएँँ "हैन"।

अर्को दिन मेसेन्जरको माइ डे मा राखेको यौटा तस्वीर सङ्गै अर्को आइडिबाट वाउ इमोजी आयो । धन्यवाद दिएँँ। "तपाईंले पोस्ट गरेका सबै गजल हरु पढ्छु पढ्दा आनन्द लाग्छ"। दोस्रो धन्यवाद टक्र्याएँँ । "साहित्यकार हो हजुर?" स्माइल को इमोजीको साथमा फुर्सदमा लेख्ने गर्छु भनी पठाएँँ। स्माइल रिटर्न्ड ब्याक । लगत्तै प्रश्न आयो "सोडारी टाइटल हो?, अनि सोडारी को अर्थ के हो?" उत्तर दिएँँ " जे सम्झनु हुन्छ सोडारी त्यही हो, अर्थ म पनि खोज्दै छु"।

जति पनि नयाँ साथीहरु फेसबुकमा थपिदै जान्छन, त्यतिनै सोडारीको बारेमा सोध्ने गर्छन। किन सोध्छन थाह छैन । तर जति सोच्छन त्यति रहस्यमै राख्न मन लाग्छ। सोध्ने हरुको लागि रहस्य नै होला तर कहिल्यै सोडारीको अर्थ नसोधेको एक व्यक्तिलाई यो सोडारी जिस्किने शब्द बनेको छ। खुशी हुँदा र सटायर हान्दा सोडारी कमन शब्द भएको छ। 

Comments

Unknown said…
कडा आयो त सोडारी ज्यु 😀😁
Unknown said…
लौडारी त हाम्रो तिर पनि हुन्छन् ।
sodari.com said…
त्यो पनि मेरो लागि रहस्य नै रह्यो सर 😊

Popular posts from this blog

यु विल डाइ सिङ्गल

प्रणय दिवसको दिन