Posts

Showing posts from September 8, 2018

डियर जिन्दगी

Image
जीवनको यात्रामा आउने अनेकन चाप, ताप र रापको चेपबाट चिहाएर हेर्दा देखिएका तीतो सत्यलाई लेख्दै छु। हरेकका आफ्नै जिउने तरिका छ्न। कोहि मरेर जिउदै छन, कोहि जिएर पनि मरेतुल्य छन, कोहि जिउनु न मर्नुमा छन। आकाश उहि छ, धर्ती एउटै छ। एकले ताप्ने घाम अर्को ले नि ताप्छ। एकले आभास गर्ने जुनको सितलता अर्कोलाई उहिनै छ। फरक यति छ, कोहिलाई घामले पनि सितल दिन्छ भने कोहिलाई जुनको रापले भतभती पोलेको छ। म पनि त्यही भिडमा छु। कोलाहल छ, यहाँ चिनेर पनि चिन्दैनन। बुझेर पनि बुझ्दैनन। देखेर पनि देख्दैनन। सत्य सत्य रहेन । झुट सत्यसावित गराउन तल्लिन छन । हो म त्यही भिडमा छु जहाँ यो मेरो हो भन्दा त्यो तेरो भन्ने आँँट गर्दैनन। यो झुटको दुनिया बाट सम्झिदै छुँ। डियर जिन्दगी, मीठो सम्झना। हो तिमि गोरेटो थियौ, मलाई राजमार्ग चाहियो। तिमी  कलकल बग्ने कुलो थियौ, मलाई समुन्द्र चाहियो। तिमी  कंचन हावा थियौ, मलाई बेमौसमी बतास चाहियो। यस्तै यस्तै आवश्यकतामा रुमलिदा मैले गोरेटो त्यागेछु पत्तो भएन। मलाई हिड्न गोरेटो काफी थियो, पिउनको लागि कुलोको पानी काफी थियो। जीवनको अन्तिम क्षणसम्मको लागि एकमुठ्ठी श्वास चाहिन्थ्यो, वतासको