Posts

Showing posts from 2018

अध्यादेशः शकुनी प्रवृति

Image
निश्चित मापदण्डको आधारमा सेवा प्रवेश गरेपछि सो सँग सम्बन्धित ऐन तथा नियमावलीको पालना गर्नु उसको कर्तव्य हुन आउँछ। कुनैपनि व्यक्ति सरकारी सेवामा प्रवेश गर्दै गर्दा  विशुद्द श्रमिकको रुपमा यो वा त्यो जस्तोसुकै भएपनि ठिक छ भनेर करारनामा मा सामेल भएको हुदैन । मौजुदा ऐन तथा कानूनको अधिनमा रहि तोकिएको सेवा शर्त तथा वृति विकासको पथ आङ्कलन गरी भविश्यको गन्तव्य तय गरेर सेवा छनौट गरेको हुन्छ। निजामति सेवा सार्वजनिक व्यवस्थापनको मियो हो र यो सिद्दान्ततः निश्चित पदसोपान हुन्छ। यो सेवा अविभावक, जात, विचार हुँदै योग्यतामा रुपान्तरण भएको हो । राज्यको स्थाई सरकार कर्मचारीतन्त्र हो। नेपालको सन्दर्भमा निजामति सेवा प्रवेश गर्ने हरेक कर्मचारीको लागि  निजामति सेवा ऐन उसको राजमार्ग हो। राजमार्ग मोडिएको ठाँउमा हाँकिदा आफू पनि मोडिनुपर्छ भन्ने ज्ञान कर्मचारीमा हुनु जरुरी छ। अथवा राजमार्गको स्वरुप जस्तो छ त्यहि आधारमा आफ्नो गन्तव्य तय गरिनु पर्दछ, अन्यथा दुर्घटना हुन सक्ने खतरा रहन्छ। अर्को तर्फ राज्यको सफलता र असफलताको मुख्य आधार सार्वजनिक व्यवस्थापनलाई मानिन्छ। यसलाई चुस्त, कार्यमूखि र व्यवसायिक बनाउन कर्म

गजल ६

Image
नहुत्याउ न ए पवन - क्रन्दन कस्लाई देखाउँ  यथार्थमा बाचेको म- बन्धन कस्लाई देखाउँ छलकपट लालचा र - इछ्या अनि चाहानाको  बहानामा रुमल्लेको - स्पन्दन कस्लाई देखाउँ खुर्पालाई विड चाहिएकै हो - विकल्प त खोज    मुल्यवान हुन यो भन्दै - चन्दन कस्लाई देखाउँ वचन तीखा विझाएर - रौनक छर्दै वैंशको त्यो  भित्र भित्रै जलेको यो - दनदन कस्लाई देखाउँ रम्न चाह्यौ तिमी उता - मेलवर्न डान्स क्लबमा   भनिदेउन मेरो मनको - लन्डन कस्लाई देखाउँ

गजल ५

Image
पहिले थेन अहिले उहि, अटाइ आएछ दिलको प्यारो मान्छेलाई, हटाइ आएछ  तमसुकमा किर्ते गरि, हस्ताक्षर गराएर   जीवनभरी उनलाई पिए, खटाइ आएछ छारो हाली नयनमा, दिउँसै रात पारी भद्र भलाद्मी को नाम, कटाइ आएछ दाउमा राखी उनैलाइ, अनेक जाल रची दामी दिलमा उहि हरामी, फटाइ आएछ  लेखिएका सुनौला नाम, मेट्नु मेटाएर   नसाटिने दिललाई उस्ले, सटाइ आएछ

गजल ४

Image
घटना एउटा कारण अर्कै, जवाफ बेग्लै छ खुन उन्मादले गधाहरुको, रवाफ बेग्लै छ फलानो को को तिलानो, हामीलाई के चासो राम्रा छाड्देउ हाम्रा चाहियो, दवाव बेग्लै छ छेपारो ले हरेक मौसम, रङ्ग फेरे जस्तै गरि  व्यक्ती उहि हो चाला ढाला, नवाव बेग्लै छ व्वासो गाइको मुकुटमा, नाच्छ घना जङ्गल   थाह छैन उसलाई गाइको, स्वभाव बेग्लै छ अन्ध भक्त न्याय माग्न, धाउँछन पसलमा  नियत उही हो पसलकोनी, लगाव बेग्लै छ

यो शहरदेखी त्यो गाउँ सम्म

Image
यसपालिको दशै सधैंझै रमाइलोमै बित्यो। चाडपर्वहरु मध्ये मलाई सबैभन्दा मन पर्ने चाड चाहिँ तिहार भए पनि मेरा लागि दशै स्पेसलनै बन्ने गर्छ। कारण तिहारमा जन्मथलो जान पाउदिन भनौ या परिस्थितिले काठमाडौ छाड्न दिदैन। पारिवारिक भेटघाट, साथीभाइ सङ्गको जमघट, सुखदुःख साटासाट अनि आमाबाबुको ममताको बगैंचामा थोरै भए पनि घुलमिल हुन पाइन्छ दशैमा ।  यसपालीको दशै सधैको जस्तै भए पनि केही भिन्न रह्यो। पहिले दशैमा असोज लाग्नसाथ कोठाको भित्तामा झुन्ड्याइएको क्यालेन्डरमा घर जाने  दिन टिक लगाएर असोज महिनाको क्यालेन्डरको पन्ना नजान्ने बच्चाले खाली पन्नामा केरेझै केरिएका हुन्थे भने घटस्थापनाको दिन देखिनै घर जाने तरखरमा रहिन्थ्यो, यसपाली त्यो रहेन। जसोतसो फुलपातीको दिन सम्म भने पनि घर पुगियो। खाडिचौर देखि चरिकोटसम्म बाटो अप्ठ्यारो छ, कसरी पुग्ने होला, कि खुर्कोट हुँदै जाउ, मनमा यस्तै यस्तै कुरा चलिरह्यो।अठोट गरि खाडिचौर हुँदै घर जाने तय गरियो। दाजुभाइ आलोपालो गरि मोटरसाइकल चलाउदै पुग्ने सम्झौता भएपनी त्यसो हुन सकेन कारण म थिए। मलाई अरु जतिसुकै मोटरसाइकल चलाउन जान्ने भए पनि पछाडी बस्नु पर्दा बिस्वास लाग्दैन भनौ य

मेरो प्रेम उनको माया

Image
नेपाली शब्दभण्डार बृहद छ भन्दै गफ दिने मध्यको एक म पनि हुँँ। गफको कुरा चलिहाल्यो यसैको गफ गरौँ । मैले भन्न खोजेको गफको विषयमा गफ गरौँ । कतिपय गफ गफैको लागि हुन्छन, कतिपय गफ ओझिलो हुन्छन र कतिपय बोझिलो पनि। मान्छेहरु भन्ने गर्छन हावाजस्तो गफ गर्यो। आखिर गफ चाहिँ हावाजस्तै नै हुन्छ । हावाको स्पर्श भएर हावामै बिलाइजान्छ गफ। गफले जहिल्यै साथ खोज्छ। एकान्तमा गफको अस्तित्व हुदैन। जब दुई वा दुई भन्दा बढी व्यक्तिहरुको जमघट हुन्छ तब गफ चल्छ। गफै गफमा मान्छेले आफ्नो अमुल्य समय गएको पत्तोनै पाउदैन। एकअर्कामा ठोहालाहाल चल्छ। हासो गुन्जिन्छ।तान्ने र पिउनेहरुलाई कति खिल्ली तानियो या कति पेग दबाइयो पत्तोनै हुन्न, यो चलिरहन्छ। यो मतलव गफ। अनि गफ गर्ने पात्रहरु जब एकअर्कामा कुनै दिन गफ गरौला भन्दै छुटिन्छन- छुटिएर अलिक पर पुग्न नपाउदै सोचिहालछन "गफ दिएर गयो" । यसरी विश्लेषण गर्दा यो लाग्छ कि गफ त्यस्तो चिज हो जुन एक पात्रद्वारा अर्को पात्रलाई हस्तान्तरण गरिन्छ।  मलाई विगतमा कोहि पात्रसङ्ग मपात्रले दिएको गफको वारेमा गफ दिन मन लाग्यो। गफ अङ्ग्रेजी शब्द love को थ्यो। love अर्थात प्रेम। प्रसङ

नोकिया सोह्र सय

Image
गाउँबाट शहर छिर्दै गर्दाका क्षणहरु मध्ये पहिलो पटक गाडी देख्दा र पहिलो पटक क्याम्पस जाँदाको दिन अझै स्मृतिमा रहिरहेका छन। पहिलो पटक बुबासँँग चरिकोट आउँदाको कुरा हो । तामाकोसी नदिको तीरै तिर लगभग तीन घण्टा हिडेपछी रातमाटे भन्ने ठाउँ र त्यहाँ बाट दुई घण्टाको उकालो बाटो पार गरेपछी ऐतिहासिक दोलखा बजार आइपुगिन्थ्यो। शहरी जीवनको आभाष दिलाउने त्यस बजारबाट चरिकोट हिडेरै आउँदा पनि बीस मिनेट लाग्ने रहेछ। दोलखा बजारमा चरिकोट जाने बस भेटिएन, हिडेरै जाने निधो गरि अगाडी बढ्यौ। अलिक परबाट बसको हर्न सुनियो। मन यति कापेको थियो कि रोडमा हिड्दै गरेको म रोडबाट बीस मिटर जति पर पुगेर बसलाई साइड दिएको थिएँ । त्यस्तै पहिलो पटक नयाँ युनिफर्ममा विद्यालयको जस्तै गरि झोलाभरी किताब बोकेर क्याम्पस पढ्न भनी हिडेको म क्याम्पसको  गेटबाट भित्र छिर्दै गर्दा चौरमा बसेका दुई केटिहरुको लागि हासोको पात्र बन्न पुगेको थिएँ । उनिहरु मलाई देखेरै हासेका थिए तर मेरो उपस्थितिमा त्यतिको गरि हास्नुको कारण मैले आजसम्म पत्ता लाउन सकेको छैन। सायद व्याचलर पढ्दा ताका होला मैले पहिला याहु आइडि बनाएको थिएँ । सुरुमा साइवर जानू रहर हुन्थ

अवोधको वेदना

Image
झ्यालको पर्दा लाई बिहानीको सिरेटोले हल्का धकेलेछ।त्यही मौकामा सुर्यको किरणले मस्त निद्रामा परेका मेरा आँखालाई चुम्बन गरे।करिव विहानको साढे सात बजेको थियो, म निद्राबाट बिउँझिदा।आज संविधान दिवस, सार्वजनिक विदा भएकोले अफिस जान हतार गर्नु पर्ने आवश्यकता थिएन।बिस्तारै उठेर वरन्डामा निस्किएँँ। एक झोका चिसो बतासले मेरा शरीरभरि स्पर्श गरेर विलय भयो। मन आनन्दित भयो, फ्रेस भएँँ। वरन्डा बाट अरनिको राजमार्गमा एकादुई गाडी गुडिरहेको देखिन्थ्यो। आकाश सफा थियो, नजिकको सडक चकमन्न थियो। घर अघिल्तिरको घरमा सुनसान थियो, लाग्यो सबैले संविधान दिवसको भरपुर उपयोग गरिरहेका छन, विहानीको मीठो निद्राको साथमा।       घर अगाडिको अर्को घरको वरिपरि पानी नछिर्ने गरि रबरको पाताले छानो छाइएको छ। चराहरुको चिरविर आवाज एकै छिन घन्किए। एक जोडी सारौ यसरी कराउदै थिए कि केही अप्ठ्यारो हुँदै छ, एक हुल भगेरा अनिष्ट भए जसरी आवाज निकाल्दै थिए। अचानक एउटा काग परेवाको गुडवाट हतार हतार निस्कियो,उड्न सक्ने अवस्थाको परेवा को बच्चा रवरको छानोमा फ्यात्त झर्यो। मरिसकेको थियो या झरेर मर्यो ठम्याउन सकिन। एक जोडि परेवा हुरुरु उडेर आए

डियर जिन्दगी

Image
जीवनको यात्रामा आउने अनेकन चाप, ताप र रापको चेपबाट चिहाएर हेर्दा देखिएका तीतो सत्यलाई लेख्दै छु। हरेकका आफ्नै जिउने तरिका छ्न। कोहि मरेर जिउदै छन, कोहि जिएर पनि मरेतुल्य छन, कोहि जिउनु न मर्नुमा छन। आकाश उहि छ, धर्ती एउटै छ। एकले ताप्ने घाम अर्को ले नि ताप्छ। एकले आभास गर्ने जुनको सितलता अर्कोलाई उहिनै छ। फरक यति छ, कोहिलाई घामले पनि सितल दिन्छ भने कोहिलाई जुनको रापले भतभती पोलेको छ। म पनि त्यही भिडमा छु। कोलाहल छ, यहाँ चिनेर पनि चिन्दैनन। बुझेर पनि बुझ्दैनन। देखेर पनि देख्दैनन। सत्य सत्य रहेन । झुट सत्यसावित गराउन तल्लिन छन । हो म त्यही भिडमा छु जहाँ यो मेरो हो भन्दा त्यो तेरो भन्ने आँँट गर्दैनन। यो झुटको दुनिया बाट सम्झिदै छुँ। डियर जिन्दगी, मीठो सम्झना। हो तिमि गोरेटो थियौ, मलाई राजमार्ग चाहियो। तिमी  कलकल बग्ने कुलो थियौ, मलाई समुन्द्र चाहियो। तिमी  कंचन हावा थियौ, मलाई बेमौसमी बतास चाहियो। यस्तै यस्तै आवश्यकतामा रुमलिदा मैले गोरेटो त्यागेछु पत्तो भएन। मलाई हिड्न गोरेटो काफी थियो, पिउनको लागि कुलोको पानी काफी थियो। जीवनको अन्तिम क्षणसम्मको लागि एकमुठ्ठी श्वास चाहिन्थ्यो, वतासको

गलज ३

Image
हुन्न  रहेछ  यात्रा सहज,  अक्ष नहुदा दूर-दृष्टि  भिजन  अनि,  लक्ष नहुदा  छुन्न रहेछ  पैतलाले,  सतहको  माटो एकै तर्फ  डोहोर्याउने,  कक्ष  नहुदा निर्दोशी त दोषी बन्छ, दोषी निर्दोशी   पहुच  तागत  पुर्याउन,  गक्ष  नहुदा सोझा साझाहरु यसै, दबिन्छन यहाँ   लप्पन छप्पन छली गर्न, दक्ष  नहुदा रोइरन्छिन वालिका ती, घाउ सम्झेर  बोलिदिने उनको  कोहि,  पक्ष नहुदा 

गजल २

स्वर  ठूलो हुदैमा ती , गाली हुदैनन पड्किएका हात सबै, ताली हुदैनन टल्किने ती धातुरुपी, भाँडाहरु पनि मन्दिर मा पुजा  गर्ने , थाली हुदैनन लटरम्मै  फूल फूली  , हाँगा हरु नुही  फल दिने सबै  बिरुवा, बाली हुदैनन बाटो एउटै तयगर्दा, यात्रा जिन्दगीको  सहयात्री हरु सब घर , वाली हुदैनन मेरा भेना आह भन्दै, मिठा वात गर्ने हेर सब्को ससुरालीमा, साली हुदैनन

गजल १

Image
मिरमिरेमै निस्किन्छ्यौ रे, सुन्छु आजभोलि रिसाउदा नि तिमिलाई नै, चुन्छु आजभोलि  आकर्षणको ज्वाला सङ्गै, बत्तिसदन्त खुल्दा धड्किएको  मुटु  हातले, छुन्छु  आजभोलि मोडिएका  तिम्रा  नजर,  आफूतिर  तान्न  कयौं  पटक  अनुहार,  धुन्छु  आजभोलि  लुकिलुकि लिएका ती, तिम्रा तस्वीर हेर्दै   तिमी सङ्गै जिउने सप्ना, बुन्छु आजभोलि     सल्लाह गरि सङ्गै जाउला, फर्किदा नि सङ्गै   यस्तै  यस्तै  मनमा  कुरा, तुन्छु आजभोली प्रतीक्षामा 

यु विल डाइ सिङ्गल

Image
सनिवारको दिन, भोलि त छुट्टी छ। बिहान हतार गरेर उठ्नु पर्ने त छैन नी। यस्तै सोचेर शुक्रबार बेलुकी अबेर राती सम्म निदाइन। साथीभाइहरुसङ्ग च्याटमा गफिएँँ। अँँ  साची साथी भाइहरु पनि नयाँ । पुरानो साथीहरु आजकाल अलिक बोल्न छाडेका छन । समय र परिवेश सङ्गै साथ दिनेहरु पनि परिवर्तन हुँदा रहेछन । यसो भनिरहदा पुराना साथीहरु सबै बोल्न छाडेका पनि हैनन।जहाँ आत्मीयता प्रगाढ हुन्छ त्यँहा समय र परिवेश गौण हुँदा रहेछन। केही यस्ता साथीहरु पनि छन , समय र परिवेशको अलवा वेलावेला सम्झिन्छन। आँखामा परेलीको ढकनी घरी लाग्थ्यो घरी उग्रन्थ्यो। हातवाट मोबाइल झर्यो, झसङ्ग भएँँ। दिमागमा यादव सरको तस्वीर आयो,रातको समयमा मोबाइल चलाउदै गर्दा निद्रामा परेको वेला उहाँको हातबाट त्यसरीनै मोवाइल झर्थ्यो।इन्ट्रन्शिप को दौरानमा कलैया बस्दा थाहा पाएको। एकचोटि जिस्किन मन लागेर उहाँलाई मेसेन्जर मा चेक गरेँँ। अफलाइन देखेसी म पनि अफलाइन भए ।      सनिवार बिहान अबेला सम्म निदाउने योजना बनाएर सुतेको म तीन बजे नै बिउँझे । निद्रा हट्यो । उज्यालो भयो। जिउ भारी भएको जस्तो भयो। खाना खाइसके पछि आराम गर्नको लागि बसियो, मोबाइल स

सोडारी सबैको रहस्य

Image
"हैन यो सोडारी भनेको के हो? मैले त सोचेको थिए सोडारी भनेको कोहि इन्डिया को मान्छे हो, पछि प्रोफाइलमा ठेगना हेर्दा त दोलखा देखाउछ अनि बुझ्दै जादा नेपाली नै लाग्यो ।साची यो सोडारी कस्तो थर हो?" सटिक जवाफ दिए- जसरी मेरो नामलाई सहजै स्वीकार गर्नु भयो हो त्यसरी नै हेर्नुस थर त्यतिकै सहज छ। "हेल्लो?" मेसेन्जर मा अर्को कोहि को मेसेज आयो। "हजुर?" रिप्लाइ दिए। सन्चै हुनुहुन्छ? कहाँ देखि हो ? के गर्नु हुन्छ? जस्ता प्रश्नको जबाफ फर्काए पछि एक प्रश्न आयो "सोडारी कस्तो थर हो? ब्राह्मण, क्षत्री, कि अरु तल्लो जात?" मन चसक्क भयो।प्रतिप्रश्न गरेँँ "हजुर को परिभाषामा कुन कुन थर तल्लो जात को हो?" उत्तर आएन। भोलिपल्ट उत्तर आयो "हैन अरु अरु जात हुन्छन नि भन्नुस न कुन जात हो?" उत्तर दिएँ "म केटा जाती" अलि कति सल्लाह पनि दिएँँ "मलाई त प्रश्न गरिहाल्नु भयो अरुलाई प्रश्न गर्न मन लाग्यो भने प्रश्न गर्नु अघि कम्तिमा तीन चोटि सोच्नु है" उत्तर आएन।प्रश्न नै आयो "रिसाउनु भाको?" सटिक जबाफ दिएँँ "हैन"। अर्