Posts

Showing posts from October 13, 2018

मेरो प्रेम उनको माया

Image
नेपाली शब्दभण्डार बृहद छ भन्दै गफ दिने मध्यको एक म पनि हुँँ। गफको कुरा चलिहाल्यो यसैको गफ गरौँ । मैले भन्न खोजेको गफको विषयमा गफ गरौँ । कतिपय गफ गफैको लागि हुन्छन, कतिपय गफ ओझिलो हुन्छन र कतिपय बोझिलो पनि। मान्छेहरु भन्ने गर्छन हावाजस्तो गफ गर्यो। आखिर गफ चाहिँ हावाजस्तै नै हुन्छ । हावाको स्पर्श भएर हावामै बिलाइजान्छ गफ। गफले जहिल्यै साथ खोज्छ। एकान्तमा गफको अस्तित्व हुदैन। जब दुई वा दुई भन्दा बढी व्यक्तिहरुको जमघट हुन्छ तब गफ चल्छ। गफै गफमा मान्छेले आफ्नो अमुल्य समय गएको पत्तोनै पाउदैन। एकअर्कामा ठोहालाहाल चल्छ। हासो गुन्जिन्छ।तान्ने र पिउनेहरुलाई कति खिल्ली तानियो या कति पेग दबाइयो पत्तोनै हुन्न, यो चलिरहन्छ। यो मतलव गफ। अनि गफ गर्ने पात्रहरु जब एकअर्कामा कुनै दिन गफ गरौला भन्दै छुटिन्छन- छुटिएर अलिक पर पुग्न नपाउदै सोचिहालछन "गफ दिएर गयो" । यसरी विश्लेषण गर्दा यो लाग्छ कि गफ त्यस्तो चिज हो जुन एक पात्रद्वारा अर्को पात्रलाई हस्तान्तरण गरिन्छ।  मलाई विगतमा कोहि पात्रसङ्ग मपात्रले दिएको गफको वारेमा गफ दिन मन लाग्यो। गफ अङ्ग्रेजी शब्द love को थ्यो। love अर्थात प्रेम। प्रसङ