Posts

Showing posts from November, 2018

गजल ६

Image
नहुत्याउ न ए पवन - क्रन्दन कस्लाई देखाउँ  यथार्थमा बाचेको म- बन्धन कस्लाई देखाउँ छलकपट लालचा र - इछ्या अनि चाहानाको  बहानामा रुमल्लेको - स्पन्दन कस्लाई देखाउँ खुर्पालाई विड चाहिएकै हो - विकल्प त खोज    मुल्यवान हुन यो भन्दै - चन्दन कस्लाई देखाउँ वचन तीखा विझाएर - रौनक छर्दै वैंशको त्यो  भित्र भित्रै जलेको यो - दनदन कस्लाई देखाउँ रम्न चाह्यौ तिमी उता - मेलवर्न डान्स क्लबमा   भनिदेउन मेरो मनको - लन्डन कस्लाई देखाउँ

गजल ५

Image
पहिले थेन अहिले उहि, अटाइ आएछ दिलको प्यारो मान्छेलाई, हटाइ आएछ  तमसुकमा किर्ते गरि, हस्ताक्षर गराएर   जीवनभरी उनलाई पिए, खटाइ आएछ छारो हाली नयनमा, दिउँसै रात पारी भद्र भलाद्मी को नाम, कटाइ आएछ दाउमा राखी उनैलाइ, अनेक जाल रची दामी दिलमा उहि हरामी, फटाइ आएछ  लेखिएका सुनौला नाम, मेट्नु मेटाएर   नसाटिने दिललाई उस्ले, सटाइ आएछ

गजल ४

Image
घटना एउटा कारण अर्कै, जवाफ बेग्लै छ खुन उन्मादले गधाहरुको, रवाफ बेग्लै छ फलानो को को तिलानो, हामीलाई के चासो राम्रा छाड्देउ हाम्रा चाहियो, दवाव बेग्लै छ छेपारो ले हरेक मौसम, रङ्ग फेरे जस्तै गरि  व्यक्ती उहि हो चाला ढाला, नवाव बेग्लै छ व्वासो गाइको मुकुटमा, नाच्छ घना जङ्गल   थाह छैन उसलाई गाइको, स्वभाव बेग्लै छ अन्ध भक्त न्याय माग्न, धाउँछन पसलमा  नियत उही हो पसलकोनी, लगाव बेग्लै छ