Posts

Showing posts from 2019

गजल ११

Image
उनी यस्ती छन कि, खुल्दा थाहा हुन्छ उनी बाहेक सबैलाई, भुल्दा थाहा हुन्छ माया र  प्रीतीको, मिठ्ठो फ्लेवर पाउन उनी सँगै आफू पनि, घुल्दा थाहा हुन्छ सोच अनि सौन्दर्यको, अनुभुती गर्नुपरे फूल जस्तै उनी सङ्गै, फूल्दा थाहा हुन्छ कलकलाउदो पानीसरी, यात्रा गर्नु परे हात समाई उनीसँगै, डुल्दा थाहा हुन्छ प्रेम रुपी संसारलाई, बुझ्नुनै छ यदी भने उनीसँग आँखा जुधाई, झुल्दा थाहा हुन्छ

गजल १०

माग्दा उनले सहारा , हात दिन सकुँ उपहार मेरै थरको , जात दिन सकुँ दु:ख कष्ट अप्ठ्यारोमा, राहत हुने गरी मुठ्ठी कसी भरोसाको, साथ दिन सकुँ विनाकारण चसक्क मन, दुखाएर उनको नआओस सोच कहिल्यै, घात दिन सकुँ दिनरात हजुर भनी, मीठो बोल्ने उनलाई अजम्बरी वर बधु को , नाता दिन सकुँ सपनिमा बुन्दै कथा,उन्दै माला पिरतीको मात लाग्ने गरि हरेक , रात दिन सकुँ

वाह नयाँ साल??

Image
मिरमिरे देखि गोधुलीसम्म गुनगानै गुनगान। कति भाग्यमानी छस है तँँ? हरेकले तेरो आगमनको उपलक्ष्यमा धुमधाम सङ्ग उत्सव मनाउछन, सुभ साइतको नाम दिएर तेरै आगमनको उपलक्ष्यमा सम्पुर्णले सम्पुर्णलाई शुभकामना आदनप्रदान गर्छन । त्यति मात्रै हो र, युवायुवती तेरै आगमनको मौका छोपी डाँडाकाँडा चहार्ने गर्छ्न, सामाजिक संजालले ठाउँ पाइनसक्नु हुन्छ। अरे यार, अरु त अरु कहिल्यै नछिर्नेहरु पनि तेरै आगमनको वहानामा तलाई सुभसाइतको पगरी गुथाई वर्षभरीनै साउनीको भट्टिको तिनपानेलाई सुभदिनको सगुनको रुपमा पिउनेहरुको पछि लागि छिरिदिन्छन पिउनकै लागि। नाम वर्षभरीको लिएर काम एकै दिनमा तमाम गरिदिन्छ्न। वाह वैशाख १ गते वाह! तेरो जन्म भएको ठ्याक्कै ३६५ दिनमा नयाँ वर्ष सुरु हुन्छ । कति लामो आयु तेरो, दीर्घायु । जन्म एउटै, भोगाइ उस्तै , तर हेर त तेरै अघिल्लो दिन न हो, चैत्र ३० । तर पनि त भन्दा ३६४ दिन कान्छो अरे। वर्षको अन्तिम दिन, बिचरो जन्मेको एकै दिनपछी एक वर्ष पुरानो भई दिन्छ । भोगाई कत्ती गह्रौं छ । वर्षभरीको पेलाईको अन्तिम दिन। नेपालीहरुले कोरिया जानको लागि बसेको लाइनको अन्तिममा रहेको नेपाली जस्तो। पर्खाई लामो तर पा

गजल ९

तिम्रो माया जाली रैछ  मुट्टु चिर्ने फाली रैछ  मल जल गर्छु भन्थे  तिम्रो अर्कै माली रैछ  दियौ सधै झुटो माया भित्री मन खाली रैछ  फुल्छ भन्थे प्रेम बोट  सुकी जाने डाली रैछ  नरम भई वोल्ने तिम्रो बोली सबै गाली रैछ

गजल ८

Image
कलियुग मा कहाँ यारो, राम चल्दो रैछ  बरु तिम्रो नाममा सयौँ, धाम चल्दो रैछ  मेट्न मनका वहहरु भेट्न,आथेँ शहरमा     त्यै शहरमै तिम्रो नाममा, दाम चल्दो रैछ   परिस्कृत भाकी रैछौ, पढ्छु अखबारमा बजारमा टिकाइ राख्न, खाम चल्दो रैछ तड्पिएर घुमी हिड्ने, शहरका गल्लीहरु  चौविस घन्टै तिम्रै लागि, जाम चल्दो रैछ  भलाद्मी र इमान जमान, छाडेँ कुरा गर्न   अरे यारो बदनाम मै त, नाम चल्दो रैछ 

प्रणय दिवसको दिन

Image
आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस। आज भन्दा करिव बाह्र साल पहिले जानी नजानी यो शब्द सुनेको थिए। कतिपयले उच्चारण गर्न नजानेर त कतिपयले खिसिट्याउरी तरिकाले यस दिनलाई ह्याप्पी भान्टाङभुन्टुङ्ग डे पनि भन्ने गर्दथे/ छन। गाउँले परिवेशमा हुर्केको सरकारी विद्यालयमा पढेको म दुरदराजको एउटा वालक (त्यो वेलाको) लाई के थाह भ्यालेन्टाईन डे के हो। न त्यो वेलामा अहिलेको जस्तो टेक्नोलोजीको विकास भाको थ्यो न त कोहि कसैले यसको वारेमा प्रष्ट्याउने प्रयास गरेका थिए। त्यो वेलाको समयमा म बस्ने ठाउँबाट कलेज सम्म आउने बाटो हिडेर करिब पैंतिस मिनेट्को थियो। कलेजमा अरु विषयको पढाइ विहानी सत्रमा हुन्थ्यो तर विज्ञान विषय पढ्नको लागि दिवा सत्र पर्खनु पर्दथ्यो। दिवा सत्रमा सदाझै पढ्नको लागि निस्केको मैले बाटोभरीनै हल्काफुल्का वर्षा र चिसो हावाको स्पर्श गर्दै गित सुन्दै कलेज पुगेको थिए। त्यो वेलाको नोकिया सोह्र सय को सेटमा "के सन्देश बोकि ल्यायौ, हे वादल आकाशै छोपी" भन्ने गित पाच पटक सुनेपछी आफू बस्ने घर बाट कलेज पुगिन्थ्यो। जति सुने पनि आनन्दित हुने त्यो गित अहिले पनि वेलावेला सुन्ने गर्दछु।      

गजल ७

छाती भरी गोला वारुद, चलेपछी आयौ वारुद सङ्गै कोमल मुटु, जलेपछी आयौ बुन्थे सप्ना तिमी सङ्गै, सितल ताप्ने वरको  अनयासै त्यही वर पनि, ढलेपछी आयौ विगतमा तिमिलाई नै, सम्झिन्थ्यो यो दिल  तर आज त्यही दिल पनि, गलेपछी आयौ उत्रिदा म पर्दा अघि , लुक्यौ त्यसकै पछि  आज मलाई त्यही पर्दाले, छलेपछी आयौ भोक भोग लोभ लाभ, त्यागी सबका सब   सन्यासीको मोसो मुखमा , दलेपछी आयौ

सनिवारको झरी

Image
सनिबार, फुर्सदको समय, आराम गर्ने दिन। अझ यसरी भनौ-हप्ताभरीको कामको लोड विर्सिएर आफू अनुकुल आफूलाई आफ्नै मनले डोहोर्याएर आफ्नै दुनियामा भ्रमण गराउने दिन।साच्चै सनिवार, हप्तामा एक दिन, वाह! सनिवार सनिवार जस्तो तब हुन्छ, जब सनिवारलाई मनले आजको दिन सनिवार हो भनी चिन्छ। मन सबैको लागि मन नै हुन्छ। उसलाई त कुनै वार पर्खिन पर्दैन। जतिसुकै व्यस्त म रहुँ, जब मन चल्न थाल्छ, मेरा सबै काम तमाम गरिदिन्छ यहि मनले। सँधैझै शुक्रबारको रात मेरा लागि फुर्सदिलो रात बन्छ, फुर्सदिलो यो मानेमा बन्छ कि मलाई अरु दिन जस्तो समयको रफ्तारमा हिड्न पर्दैन र थकाई मार्नको लागि रातमा निद चाहिन्छ। हो शुक्रबारको रात मनले मेरो निदलाई आफ्नो कावूमा नियन्तत्रीत गर्छ । घडिको सुइ चलेको आफूले सुइँको पाउदिन । रात सकिन्छ, बिहान मीठो निद्रा पर्छ। निद्रा साच्चै मीठो पर्छ। यदी कुनै कुराको स्वाद जिब्रोले थाहा पाउदैन र मीठो हुन्छ भने त्यो निद्रा नै हुन्छ। न त गुलियो हुन्छ न त अमिलो, या अरु कुनै स्वाद। तर निद्रा मीठो हुन्छ। आँखा छोपिदा ओठहरु मलाई मुस्कुराउन प्रेरित गराँउछ्न सवेरै निद्राको निद हराम गर्दै "वोतल-कागज&q