Posts

Showing posts from February, 2019

गजल ८

Image
कलियुग मा कहाँ यारो, राम चल्दो रैछ  बरु तिम्रो नाममा सयौँ, धाम चल्दो रैछ  मेट्न मनका वहहरु भेट्न,आथेँ शहरमा     त्यै शहरमै तिम्रो नाममा, दाम चल्दो रैछ   परिस्कृत भाकी रैछौ, पढ्छु अखबारमा बजारमा टिकाइ राख्न, खाम चल्दो रैछ तड्पिएर घुमी हिड्ने, शहरका गल्लीहरु  चौविस घन्टै तिम्रै लागि, जाम चल्दो रैछ  भलाद्मी र इमान जमान, छाडेँ कुरा गर्न   अरे यारो बदनाम मै त, नाम चल्दो रैछ 

प्रणय दिवसको दिन

Image
आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस। आज भन्दा करिव बाह्र साल पहिले जानी नजानी यो शब्द सुनेको थिए। कतिपयले उच्चारण गर्न नजानेर त कतिपयले खिसिट्याउरी तरिकाले यस दिनलाई ह्याप्पी भान्टाङभुन्टुङ्ग डे पनि भन्ने गर्दथे/ छन। गाउँले परिवेशमा हुर्केको सरकारी विद्यालयमा पढेको म दुरदराजको एउटा वालक (त्यो वेलाको) लाई के थाह भ्यालेन्टाईन डे के हो। न त्यो वेलामा अहिलेको जस्तो टेक्नोलोजीको विकास भाको थ्यो न त कोहि कसैले यसको वारेमा प्रष्ट्याउने प्रयास गरेका थिए। त्यो वेलाको समयमा म बस्ने ठाउँबाट कलेज सम्म आउने बाटो हिडेर करिब पैंतिस मिनेट्को थियो। कलेजमा अरु विषयको पढाइ विहानी सत्रमा हुन्थ्यो तर विज्ञान विषय पढ्नको लागि दिवा सत्र पर्खनु पर्दथ्यो। दिवा सत्रमा सदाझै पढ्नको लागि निस्केको मैले बाटोभरीनै हल्काफुल्का वर्षा र चिसो हावाको स्पर्श गर्दै गित सुन्दै कलेज पुगेको थिए। त्यो वेलाको नोकिया सोह्र सय को सेटमा "के सन्देश बोकि ल्यायौ, हे वादल आकाशै छोपी" भन्ने गित पाच पटक सुनेपछी आफू बस्ने घर बाट कलेज पुगिन्थ्यो। जति सुने पनि आनन्दित हुने त्यो गित अहिले पनि वेलावेला सुन्ने गर्दछु।      

गजल ७

छाती भरी गोला वारुद, चलेपछी आयौ वारुद सङ्गै कोमल मुटु, जलेपछी आयौ बुन्थे सप्ना तिमी सङ्गै, सितल ताप्ने वरको  अनयासै त्यही वर पनि, ढलेपछी आयौ विगतमा तिमिलाई नै, सम्झिन्थ्यो यो दिल  तर आज त्यही दिल पनि, गलेपछी आयौ उत्रिदा म पर्दा अघि , लुक्यौ त्यसकै पछि  आज मलाई त्यही पर्दाले, छलेपछी आयौ भोक भोग लोभ लाभ, त्यागी सबका सब   सन्यासीको मोसो मुखमा , दलेपछी आयौ