Posts

Showing posts from 2021

उकुसमुकुस धरातलमा एक मुठ्ठी श्वास

Image
         ब्रमाणडमा रहेको एक मिल्कीवे ग् यालेक्सी, मिल्कीवे भित्रको एक शौर्य प्रणाली जसको विचमा सू र्य, शौर्य प्रणालकीका नौ ग्रह, ए यी पनि वेला वेला हराउछन क्यारे, आठ ग्रह । आठ ग्रह मध्येको एउटा ग्रह, पृथ्वी । जँहा जीवन र जगतको अस्तित्व छ । जँहा सबै कुरा छ , मतलव प्रकृति छ ।  प्रकृति आफैमा अथाह छ । प्रकृतिमा के चाही छैन, सब कुरा छ । प्रकृतिमा नै मानव जाति छ । प्रकृतिमा नै वनस्पती छ । प्रकृतिमा नै वायुप्रणाली छ, हो वायुप्रणाली छ । यस प्रकृतिले सबै कुरा दिएको छ । दिएको नभनौ क्यारे, कसका लागि दिएको हो र, यसो भनौ बरु, प्रकृतिमा सबैकुरा छ। तिमी छौ, म छु, तपाँई हुनुहुनछ, ऊँहा हुनुहुन्छ, मौसुफ होइबक्सन्छ ।             प्रकृतिलाई कसैले चलाउनु पर्दैन, यो आफै चलिरहन्छ  । वास!  यसलाई चल्न दिउँ, आफ्नै गतिमा । हैन प्रकृतिलाई हाम्रो बसमा राख्न पर्छ, विकास गर्न पर्छ, कसैले नसकेको अझ भनौ प्रकृतिले  नै गर्न नसकेको हामीले गर्नु छ /पर्छ । त्यसो पनि हैन, तिमि चुप बस । तिमीले सक्दैनौ । तिम्रो पाइन छैन । यसलाई यसरी चलाउनुपर्छ । वाह ! लु हेर आट्यो भने नहुने के रैछ र , देख्यौ ? देखेँ, तर यो तिमीले गरेको हैन, य