Posts

Showing posts from December 30, 2018

अध्यादेशः शकुनी प्रवृति

Image
निश्चित मापदण्डको आधारमा सेवा प्रवेश गरेपछि सो सँग सम्बन्धित ऐन तथा नियमावलीको पालना गर्नु उसको कर्तव्य हुन आउँछ। कुनैपनि व्यक्ति सरकारी सेवामा प्रवेश गर्दै गर्दा  विशुद्द श्रमिकको रुपमा यो वा त्यो जस्तोसुकै भएपनि ठिक छ भनेर करारनामा मा सामेल भएको हुदैन । मौजुदा ऐन तथा कानूनको अधिनमा रहि तोकिएको सेवा शर्त तथा वृति विकासको पथ आङ्कलन गरी भविश्यको गन्तव्य तय गरेर सेवा छनौट गरेको हुन्छ। निजामति सेवा सार्वजनिक व्यवस्थापनको मियो हो र यो सिद्दान्ततः निश्चित पदसोपान हुन्छ। यो सेवा अविभावक, जात, विचार हुँदै योग्यतामा रुपान्तरण भएको हो । राज्यको स्थाई सरकार कर्मचारीतन्त्र हो। नेपालको सन्दर्भमा निजामति सेवा प्रवेश गर्ने हरेक कर्मचारीको लागि  निजामति सेवा ऐन उसको राजमार्ग हो। राजमार्ग मोडिएको ठाँउमा हाँकिदा आफू पनि मोडिनुपर्छ भन्ने ज्ञान कर्मचारीमा हुनु जरुरी छ। अथवा राजमार्गको स्वरुप जस्तो छ त्यहि आधारमा आफ्नो गन्तव्य तय गरिनु पर्दछ, अन्यथा दुर्घटना हुन सक्ने खतरा रहन्छ। अर्को तर्फ राज्यको सफलता र असफलताको मुख्य आधार सार्वजनिक व्यवस्थापनलाई मानिन्छ। यसलाई चुस्त, कार्यमूखि र व्यवसायिक बनाउन कर्म