मेरो प्रेम उनको माया

नेपाली शब्दभण्डार बृहद छ भन्दै गफ दिने मध्यको एक म पनि हुँँ। गफको कुरा चलिहाल्यो यसैको गफ गरौँ । मैले भन्न खोजेको गफको विषयमा गफ गरौँ । कतिपय गफ गफैको लागि हुन्छन, कतिपय गफ ओझिलो हुन्छन र कतिपय बोझिलो पनि। मान्छेहरु भन्ने गर्छन हावाजस्तो गफ गर्यो। आखिर गफ चाहिँ हावाजस्तै नै हुन्छ । हावाको स्पर्श भएर हावामै बिलाइजान्छ गफ। गफले जहिल्यै साथ खोज्छ। एकान्तमा गफको अस्तित्व हुदैन। जब दुई वा दुई भन्दा बढी व्यक्तिहरुको जमघट हुन्छ तब गफ चल्छ। गफै गफमा मान्छेले आफ्नो अमुल्य समय गएको पत्तोनै पाउदैन। एकअर्कामा ठोहालाहाल चल्छ। हासो गुन्जिन्छ।तान्ने र पिउनेहरुलाई कति खिल्ली तानियो या कति पेग दबाइयो पत्तोनै हुन्न, यो चलिरहन्छ। यो मतलव गफ। अनि गफ गर्ने पात्रहरु जब एकअर्कामा कुनै दिन गफ गरौला भन्दै छुटिन्छन- छुटिएर अलिक पर पुग्न नपाउदै सोचिहालछन "गफ दिएर गयो" । यसरी विश्लेषण गर्दा यो लाग्छ कि गफ त्यस्तो चिज हो जुन एक पात्रद्वारा अर्को पात्रलाई हस्तान्तरण गरिन्छ। 
मलाई विगतमा कोहि पात्रसङ्ग मपात्रले दिएको गफको वारेमा गफ दिन मन लाग्यो। गफ अङ्ग्रेजी शब्द love को थ्यो। love अर्थात प्रेम। प्रसङ्ग चलेको बेला प्रेम शब्द कति प्रेमिल छ है भन्थे। उत्तर आउन्नथ्यो- प्रश्न आउथ्यो, "माया शब्द कसरी प्रेमिल भयो"? मेरो उत्तर "मैले माया भनेको हैन प्रेम भनेको"। "उही त हो माया-प्रेम" उताबाट जवाफ आयो। मैले हासोसहितको स्पष्टीकरण दिएँँ "माया तिम्रो साथी अनि प्रेम मेरो"। मलाई स्पष्ट थाहा थियो कि मेरो उत्तर पाउन साथ उनको दिमागमा एक वाक्य गुन्जियो "गफ छाट्यो फेरी" । हेर्नुस है गफ छाटिदो पनि रहेछ। एकैछिन रोकिएपछी प्रश्न आयो "के फरक छ माया र प्रेममा"? मलाई जिस्किन मन लाग्यो अझ भनौ गफ दिन मन लाग्यो "माया तिम्रो साथी स्त्री परिन प्रेम मेरो साथी पुरुष"। रिस उठाइएको भने जस्तो प्रतिक्रिया आयो उताबाट । मैले जिस्किएको जानकारी दिए।खैरको भावमा अनुरोध आयो "भन्नुस न के फरक छ माया र प्रेममा"? जान्ने इच्छा लागेको  या जाच्ने इच्छा जागेको हो कुरो बुझिन । जवाफ त दिनुनै थियो, दिएँ।
"माया भाव हो । यो पग्लिन्छ र जम्छ पनि। माया पुर्वनिर्धारित हुन्छ र अजम्बरी पनि । गर्छु भनेर गरिदैन माया, माया आफै हुन्छ। माया मागेर पाउने चिज हैन, दिन्छु भनेर दिन मिल्ने पनि हैन। माया हावा हो, यो बहन्छ। माया छाल हो, यो छचल्किन्छ। माया ताल हो यो शान्त रहन्छ। मायामा स्वार्थ कहिल्यै मिसिदैन तर मायामा दया मिसिन्छ। माया सबैले भनेजस्तो अन्धो हुदैन न त बहिरो हुन्छ। मायाले लिङ्ग छुट्याउदैन न त जात। मायाको कुनै छुट्टै धर्म हुदैन हुन्छ त केवल मानवता। मानवता नै धर्म हो भन्छ मायाले"। दुई मिनेटको गफ लेखी पठाए । यति लेखिउन्जेल कता हराको , के गर्दै , अरुलाई गफ दिदै हो, गफाडी जो पर्नु भयो जस्ता प्रश्नहरुको ताती लागेछन । उत्तर पठाको केही निमेष नबित्दै प्रश्न आयो "अनि प्रेम"? फेरि पठाए "प्रेम मेरो साथी" बदलामा मैले पाए "ह्या" । 
"प्रेम ताल हो गुन्जिन्छ। प्रेमले लिङ्ग हेर्छ, स्वार्थी छ। प्रेमको छालमा सुनामी उठ्न सक्छ, एकनासको रहदैन। प्रेममा राग हुन्छ, जुनसुकै राग- अनुराग या वैराग। प्रेम चुम्बक जस्तो हुन्छ, यसले जो जसलाई नि तान्दैन। चुम्बकमा जस्तो समान धुर्वमा विकर्षण भने जस्तै प्रेममा पनि विपरित धुर्वमा आकर्षण हुन्छ। प्रेम अन्धो हुन्छ, बहिरो पनि । प्रेम अट्टेरी हुन्छ, डराउदैन। प्रेम ज्वाला हो दन्किन्छ। प्रेम सुरुमा गरिन्छ पछि आफै हुन्छ। प्रेममा वासना हुन्छ, वासना अनेकन फ्लेवरका हुन्छन। वासना मिल्दैमा प्रेम हुन्न फ्लेवर पनि मिल्न जरुरी हुन्छ।" लेखी पठाए गफ । अघिको जस्तो प्रश्नको ताती त के एउटा पनि शब्द आएनछ। आफैलाई लाग्यो -गफ धेर दिएछु। वास्तविकता अर्कै रहेछ- प्रेमको अर्थको पर्खाइ। रिप्लाई आयो एकै मिनेटमा "यति धेरै भिन्नता"? प्रश्नको मतलव थियो माया र प्रेमको सम्बन्ध के छ? सोधेँ "सम्बन्ध खोज्नु भएको हो?" उत्तर आयो "हो" । फेरि जिस्किए- माया र प्रेमबिच अहिले अङ्ग्रेजी love पर्या छ अरे। हासो गुन्जियो।
"म मेरो आमाबुबा,परिवार, इस्टमित्र, छरछिमेक, साथीभाई मान्यगन्य, दीनदुखी सबैलाई माया गर्छु। उहाहरुप्रती मेरो मन पग्लेर आउँछ । प्रेम साचेर राखेको छु, जुन दिन म घुल्छु र मेरो फ्लेवर को वासनाले लठ्ठ भएको उनको अनुहार देखेर सन्तृप्त घोलमा परिण्त हुन्छु त्यो क्षण प्रेममय हुनेछ। घुल्दैमा उनको अस्तित्व मेटिदैन न त मेरो। त्यसो त मायामा झन सबैको अस्तित्व झाङ्गिएर आउँछ । मायामा प्रेम हुन्न तर माया बिनाको प्रेम क्षणभरमै बिलाइ जान्छ। माया सबैलाई गर्न सकिन्छ, प्रेम एकै सङ्ग गरेको राम्रो"। भनि पठाएँँ। जवाफ आयो "हजुरको फिलोसोफी ठिक लाग्यो"। हेर्नुस है गफ फिलोसोफी रहेछ।
"मैले मनै देखि मन्त्रमुघ्द्द भएर विजयादशमीको सुभकामना भने भने के बुझ्न्नु हुन्छ"? प्रश्नको उत्तर दिएँँ "सद्भाव"  "र मेरो पनि विजयादशमीको सुभकामना छ" । उत्तर आयो "धन्यवाद, सदभावको दियो वलिरहोस" । पछि गफ गर्ने वाचा गर्दै गफलाई इतिश्री गरियो। अक्षरलाई चहार्दै यहाँ सम्म आउनु भाको छ भने दशैको सुभकामना । सुखी रहनुहोस खुशी रहनुहोस।   

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५