वाह नयाँ साल??

मिरमिरे देखि गोधुलीसम्म गुनगानै गुनगान। कति भाग्यमानी छस है तँँ? हरेकले तेरो आगमनको उपलक्ष्यमा धुमधाम सङ्ग उत्सव मनाउछन, सुभ साइतको नाम दिएर तेरै आगमनको उपलक्ष्यमा सम्पुर्णले सम्पुर्णलाई शुभकामना आदनप्रदान गर्छन । त्यति मात्रै हो र, युवायुवती तेरै आगमनको मौका छोपी डाँडाकाँडा चहार्ने गर्छ्न, सामाजिक संजालले ठाउँ पाइनसक्नु हुन्छ। अरे यार, अरु त अरु कहिल्यै नछिर्नेहरु पनि तेरै आगमनको वहानामा तलाई सुभसाइतको पगरी गुथाई वर्षभरीनै साउनीको भट्टिको तिनपानेलाई सुभदिनको सगुनको रुपमा पिउनेहरुको पछि लागि छिरिदिन्छन पिउनकै लागि। नाम वर्षभरीको लिएर काम एकै दिनमा तमाम गरिदिन्छ्न। वाह वैशाख १ गते वाह!

तेरो जन्म भएको ठ्याक्कै ३६५ दिनमा नयाँ वर्ष सुरु हुन्छ । कति लामो आयु तेरो, दीर्घायु । जन्म एउटै, भोगाइ उस्तै , तर हेर त तेरै अघिल्लो दिन न हो, चैत्र ३० । तर पनि त भन्दा ३६४ दिन कान्छो अरे। वर्षको अन्तिम दिन, बिचरो जन्मेको एकै दिनपछी एक वर्ष पुरानो भई दिन्छ । भोगाई कत्ती गह्रौं छ । वर्षभरीको पेलाईको अन्तिम दिन। नेपालीहरुले कोरिया जानको लागि बसेको लाइनको अन्तिममा रहेको नेपाली जस्तो। पर्खाई लामो तर पालो आएपछि फारम भर्दा नभर्दै सुनसान बनिदिने, वरपरको वातावरण । विचरो चैत ३०!


तर तेरो आगमनलाई चैत ३० ले कहिल्यै रोक्ने प्रयास गरेन। तेरो आगमनको डाहले उसले आफ्नो समय चाहेर पनि लम्ब्याउने प्रयास गरेन। तेरो आगमनलाई सहज तुल्याउन वर्षभरीको भारी कामको रहेलपहेल समेत सबै फर्छ्यौट गरेर आफू आफैमा बिलाई गैदिने उ कति निस्वार्थी। मैले त यस्तो गरेको थिएँँ, हेरौ यसले कस्तो गर्दो रहेछ भनेर तेरो कामको प्रतीक्षा गरेर तेरो कामको खिल्ली उडाउने तिर उसले कहिल्यै जान चाहेन । र पनि उ तेरो जस्तो दीर्घायु बनेन। सायद स्वार्थमा दीर्घायु अटाउने रहेछ । निस्वार्थी मनलाई लामो समयको के आवश्यकता र । न कसैको खैरो खन्नु छ, न त कसैको डाह, या पीत आलोचना। 

वरु उसले सजिलै सटिक रुपमा वर्षभरीका आफूभन्दा अघिल्ला दिनहरुको समालोचना गरिदिन्छ। आफूभन्दा अघिल्ला दिनका हरेक गल्तिहरु आगमी आउने दिनमा सुधार गर्ने बाटो पहिल्याइदिन्छ। तर वैशाख १, वर्षभरीको अपनत्व वोकेर पनि एकै दिनको तामझाममा हराइदिन्छस । हरेक कामको सुरुवातीको तामझामले निमेषभरको लागि पनि औचित्य राख्दैन, राख्छ त केवल सुरु देखिको लगनशीलता, र मित्तव्ययीताले। मुल्यांकन सबैको हुन्छ। सुरुवातीमा गरिने वाहै वाहै देखि अन्तिम सम्मको, तर समुन्द्रमा पानीको पेलाई पीधमा रहने वालुवालाई भन्दा बढी अरु केहिलाई पनि हुन्न। हामी गाउँछौँ गीत समुद्रको सतही सुन्दरताको तर वालुवा या भनौ त्यो भित्र रहने दुर्लभ मोती, ओझेलको ओझेलमै।

नदेखौ अब मात्र काठमाडौ, लिई नाम नेपालको। नगाँउ गीत पुर्खाहरुको, विर्सेर देन उनिहरुको । सीमानाका अन्तिम अन्तिम सिमास्तम्भको महत्व नबनोस चैत्र ३० को जस्तो या समुन्द्रको पिधको वालुवाको जस्तो, कि धरातलको अर्थनै मेटिने गरी । नबनुन दीर्घायु कोहि कथित व्यक्तिका जीवन, वैशाख १ ले वर्षभरीको अपनत्व लिने जस्तो र नखर्चिउन त्यसैमा ठूलो लागत कि भार परोस चैत्र ३० लाई जस्तो। नपरोस मोती लुकिनु पिधको वालुवाभित्र समुद्रको। नपरोस देख्न सुन्दरता सतही पानी समुद्रको, त्यो पनि गहिराइको मेटाएर अस्तित्व । नबनुन कसैका मन उजाड, बनाइएको चैतको प्राकृतिक उजाड जस्तो। कि त बुझियोस उजाडको मतलवलाई, कि पालुवा फेर्नको लागि संघर्ष हो भनी। नलिउन कसैले झुट्टा अपनत्व, जसरी चैतमा छाउने उजाडताको पिडापछिको पालुवाको पिपिरीको अपनत्व वैशाखले लिन्छ। नगरुन कसैले झुटको खेती जहाँ फल्छन भुस, गुदी विनाको।
सुभकामना सवैमा, नयाँ वर्ष २०७६ सालभरीको। जस्को सुरुवात वैशाख १ लाई रोपेर बीउ सत्यताको र वनोस भित्र्याउने वाली  अन्त्यमा, त्यो पनि नयाँ सालकै चैत्र ३० को, नपरोस लाइन वस्न लामो, जानकै लागि कोरिया त्यो पनि अन्तिममा वसेर लाइनकै। परोस त लाईन बस्न,कि देशभित्रै पसिनाको मूल्य लिन । वनोस त हरेक दिन वैशाख १ जस्तो कि चैत ३० लाई समेत भान होस, वा चैत ३० वाह! 

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५