गजल ५

पहिले थेन अहिले उहि, अटाइ आएछ
दिलको प्यारो मान्छेलाई, हटाइ आएछ 

तमसुकमा किर्ते गरि, हस्ताक्षर गराएर  
जीवनभरी उनलाई पिए, खटाइ आएछ

छारो हाली नयनमा, दिउँसै रात पारी
भद्र भलाद्मी को नाम, कटाइ आएछ

दाउमा राखी उनैलाइ, अनेक जाल रची
दामी दिलमा उहि हरामी, फटाइ आएछ 

लेखिएका सुनौला नाम, मेट्नु मेटाएर  
नसाटिने दिललाई उस्ले, सटाइ आएछ

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य