उकुसमुकुस धरातलमा एक मुठ्ठी श्वास

        ब्रमाणडमा रहेको एक मिल्कीवे ग्यालेक्सी, मिल्कीवे भित्रको एक शौर्य प्रणाली जसको विचमा सूर्य, शौर्य प्रणालकीका नौ ग्रह, ए यी पनि वेला वेला हराउछन क्यारे, आठ ग्रह । आठ ग्रह मध्येको एउटा ग्रह, पृथ्वी । जँहा जीवन र जगतको अस्तित्व छ । जँहा सबै कुरा छ,मतलव प्रकृति छ । प्रकृति आफैमा अथाह छ । प्रकृतिमा के चाही छैन, सब कुरा छ । प्रकृतिमा नै मानव जाति छ । प्रकृतिमा नै वनस्पती छ । प्रकृतिमा नै वायुप्रणाली छ, हो वायुप्रणाली छ । यस प्रकृतिले सबै कुरा दिएको छ । दिएको नभनौ क्यारे, कसका लागि दिएको हो र, यसो भनौ बरु, प्रकृतिमा सबैकुरा छ। तिमी छौ, म छु, तपाँई हुनुहुनछ, ऊँहा हुनुहुन्छ, मौसुफ होइबक्सन्छ । 

           प्रकृतिलाई कसैले चलाउनु पर्दैन, यो आफै चलिरहन्छ । वास! यसलाई चल्न दिउँ, आफ्नै गतिमा । हैन प्रकृतिलाई हाम्रो बसमा राख्न पर्छ, विकास गर्न पर्छ, कसैले नसकेको अझ भनौ प्रकृतिले नै गर्न नसकेको हामीले गर्नु छ /पर्छ । त्यसो पनि हैन, तिमि चुप बस । तिमीले सक्दैनौ । तिम्रो पाइन छैन । यसलाई यसरी चलाउनुपर्छ । वाह ! लु हेर आट्यो भने नहुने के रैछ र , देख्यौ ? देखेँ, तर यो तिमीले गरेको हैन, यो त फलानोले गरेको , तिलानो पनि थियो, तिमिले त अह्रायौ मात्र । अहिले गफ गर्ने वहाना बनेको जो छ तिमीलाई । गज्जब छ हट केक ।


           इमर्जेन्सी पर्यो, वाध्यता वुझिदिनुस, कार्डमात्र न नभाको, फोन गर्छु मेरो मान्छे अस्पतालमा छ । अस्पताल, अस्- पातल । अँ साच्ची स्वर्ग, मर्त्य, र पातल तिन लोक छन केरे, बाँचुनजेल मानिस मर्त्यमण्डलमा बस्छ । मरेपछी कि स्वर्ग की नर्ग/ पातल तर आजकाल मर्त्यमा रहेको मान्छे स्वर्ग जानु भन्दा पहिले अस्पष्ट रहेको पातल, अस्-पातल नपुगि नहुने भयो । दिनदहाडै हजारौ मानिस एलिएन धारीहरुले रोक्छन, समाउछन- ए समाउदैनन क्यारे, हप्काउछन विहान देखि वेलुका सम्मै काम तेही छएलिएनहरुको, गर्नुनै छ । किनकी स्थिति भयावह छ । आपत्कालिन अवस्थामा रहेकाहरुको समेत कम्ता विजोक हुन्न विचराहरुलाई आज वाहिर कस्तो हुदैछ हेरौन- टाढैबाट भन्नेहरुले गर्दा । 

तपाईहरुले नै मन पराएको तस्वीर 


           मान्छेले घरपालुवा जनावरहरुलाई वालीनाली नखाओस भनेर मुखमा फुङ्लो लगादिन्थे, आज मानिस आफै फुङ्लो लगाइरहेछ, मास्कको नाममा, वालीनाली नखाइयोस भनेर हैन । हामीलाई के जति ले नखाओस भनेर । के जति भनेको के ? अवस्य सोध्नुहुन्छ तपाईले । किन भने त्यो जिनिस नै के हो के, कस्लाई पो थाहा छ र । जान्ने भनौदाहरुले कोभिड भन्छ क्यारे, खै कोभिड हो कि नो भिड हो, कस्लाई थाहा होला र ? जस्ले बनायो उसैलाई सोध्नुस । ए कस्ले पो बनायो ? ..... हामी निर्धोलाई के थाहा ? हजार जिब्रो भएका डोनाल्ड ट्रम्पले त थाहा पाउन सकेनन, हामीजस्तो भएको एउटा जिब्रो पनि ठीक समयमा चलाउन नजान्नेलाई । ए उनले त कहिले भन्दै थिए क्यारे, छाइनिज भाइरस । अन्तमा उनले पनि थाहा पाए क्यारे फुङ्लो लगाउनै पर्ने भयो भनेर । आजकाल के गर्छन उनी कसैलाई चासो छैन । हाम्रो त छ चासो धेरै किनकी हामी प्रकृतिसँग अन्तरघुलित छैनौ नि त, हामीलाई त विभिन्न वादहरुको वकालत गर्नु छ । सिद्दान्त प्रतिपादन गर्नु छ । शक्ति प्रदर्शन गर्नु छ । शक्ति भनेर कोही कसैको आसक्ती पुरा गर्नको लागि भनेर बुझ्नु पर्दछ । हो बुझ्नु पर्दछ नत्र त शक्ति देखाउनको लागि त्यतिका लामबद्द किन पो हुन्थे र .............. भेडाहरु भन्ने गर्थे क्यारे तिनै मध्येका कोहीहरु  । 


          गाँजा खाएर के लेखेछ भन्नुहोला, त्यसो हैन गाजामा भएका हमला पश्चात चाही लेखेको हुँ । कसैलाई कसैको अस्तित्व सखाप पार्नु छ । कसैलाई अरुको पीडामा ताण्डव देखाउनु छ । कसैलाई धर्मानन्द पाध्य बन्नु छ । ए धर्मानन्द कोही हुनुहुनछ भने अन्यथा नमान्नु है मैले गुरुप्रसाद मैनालीको छिमेकी कथाको पात्रको कुरा गरेको । आज सुन्दरता देखाउनेहरुलाई टिकटकको माध्यमबाट प्रदर्शन गर्न लगाई वास्तविक जीवनमा रोजिरोटी चलाउनेहरुलाई फुङ्लो लगाउन वाध्य पारिदै छ । नखाओस भनेर हैन अरे, खाना । नखाओस भनेर अरे,भाइरसले  कथित कोभिड ले । ए साच्ची कोभिड अनि टिकटक एकैपटक भाइरल भएका हैनन र ? टिकटक कस्ले सुरुवात गर्यो? कतै कोभिड पनि ....... भो उनै ट्रम्पलाई थाहा होला छाइनिज भाइरस जो छ उसको । मैले किन सोच्नु र यस प्रति ? मैले त भनेको मान्ने हो । घरबाट बाहिर ननिस्कने, निस्किनै परे मास्क लगाउने र घर वाहिर जाँदा सामाजिक दुरी कायम राख्ने, स्यानिटाइजर वा साबुन पानीले बेलाबेलामा हात धोई राख्ने । सामाजिक दुरी कायम राखौ भनेर अघिल्लो लटको कोभिडमा म झण्डै रामको जस्तो बनबास चलेको । समाजमा घुलमिल नहुनु, सामाजिक कार्यमा संलग्न नहुनु, सामाजिक नबन्नु पो बुझेछु मैले त सामाजिक दुरीलाई । 


           खाडीमा पोलेको अनुभव खाडीमै बस्नेलाई थाहा हुँदो रहेछ, अस्ति भर्खर यता पोलेर चौपट्टै हुँदा सीतल छर्न केही सिलिणडर पठाएछन् । सीतल ताप्न अभ्यस्त हुनेहरुलाई यत्रै सिती कँहा पोल्छ, कँहा डाम्छ । यता फेरी कम्ता छैन, सहयोगको उखापात लागेको छ, एउटा राम्रै फोटो खिच्ने क्यामेरा भेटाउन पाए, किन्ने ल्याकत छैन है मेरो । भेटाउन पाए , मुखोबोलीको मेरो साथीलाई चलाउन सिकाएर खुबै समाजसेवा गर्ने मन थियो, यसो पद्दति नि मिच्न पाइने, देखेपछि हाइहाई भई हालिन्थ्यो । मस्ति पो हुन्थ्यो । तर के गर्नु मुखमा माड छैन  च्यापुमा ..... भनेजस्तो ।

कोभिडको खोप बन्यो अरे, हुँदा हुँदा अस्ति तिर त यसको औसधी नै पो बनाएछन । हाम्राहरु चाही आँssssssssssssगर्न थालि सकेछन । नगरुन पनि कसरी ? कोभिड नजानी खोप र औसधी बनाउन जान्नु पर्यो नि । अनि कोभिड जान्न कोभिड बनाउनु पर्यो नी । अनि हामी कोभिड बनाउछौ त ? हामी त भिड बनाउछौ, माइतीघरमा, ससुराली घरमा, त्यस्तै त्यस्तै अन्य ठाँउमा । 


            लौ न अव त हुन्देउ हौ सीङ नमुठार । पिङ पनि नखेल । ए केरे सीङपिङ ? मजाक गरेको हौ । अव नगुम्स्याउ धेरै भनेको । आखिर प्रकृतिको नियति हो भने त यति धेरै गुमसाउदिनथिन त ? प्रकृति जति भार थाम्ने को होलिन र ? यति बिघ्न र यति छिटो त प्रकृतिमा पनि उत्परिवर्तन हुन्थेन जति यसको भेरियन्ट देखिन थालेका छन । अब त चुप रहनु भएन नी । प्रकृति र मानवीयता भन्ने कुरा को पनि त ख्याल गर्नु पर्ला नी ? थोडी न हावा भरेको वेलुन हो तिम्रो मज्जाको लागि प्याट्ट फुटिदिने, तिमिले घोच्दैमा । सुतेर नबस, अव भन अनि हटाउ यो गुमसाहट । है त ?

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५