कुच्चिएको अनुहार
शब्द स्थीर र अदृष्य अस्तित्व हो । अझ यसरी भनौ, शब्दमा शक्ति हुन्छ। स्थिती शक्ति । शब्दलाई गति शक्तिमा रुपान्तरण गर्न आवाजले भूमिका खेलेको हुन्छ । आवाज माध्यम हो । मतलव, आवाज विचौलिया हो । यसले शव्दलाई स्थिती बाट गति शक्तिमा रुपान्तरण गर्न एजेन्टको काम गर्दछ । विचौलिया होस या माध्याम होस यात एजेन्ट, यिनीहरु पनि शब्दनै हुन । मेरो भन्नुको तात्पर्य शब्द तीरमा राखेको वाण हो । वाणरुपी शब्दहरु जब तीररुपी मुखारविन्दुबाट प्रहार हुन्छन, त्यसले गति लिन्छ र कित सही सीकार हान्छ कित गत्तिलो क्षती गर्छ । शब्द हतियार हो, चलाउन जान्नेलाई खेलाउना, नजान्नेलाई पछुतो र बिलौना।
शब्दको लागि आवाज मात्र माध्याम हैन । कतिपय शब्द आफै बोल्छन । शब्द आफै बोलेको महशुस गर्न नयनको सयन हुन पर्छ । नयनको सयनले कयन कहानीहरु चयनसाथ विश्वमा अटल रहेका छन । बुझ्नेलाई इसारा काफी छ भन्नुको तात्पर्य नै यही हो । इसारा शब्दको अर्को माध्याम हो । इसाराको निसाना आवाजको जहाजभन्दा कयौ गुणा तिब्र दौडन्छ ।
मान्छेहरु भन्ने गर्छन । आवाजमा शक्ति हुन्छ, यसलाई बुलन्द बनाउनु पर्छ ।मेरो धारणा फरक छ। फरक यस मानेमा की, शब्द बिना आवाजको अस्तित्व नै छैन । शब्दहरुको सङ्गालोलाई आवाजको माध्यमबाट अर्थ्याउन सकिन्छ । शब्दहरुको सङ्गालो सही भयो भने शब्दको सही अर्थ लाग्छ, नत्र अनर्थ । सही अर्थको कुरै गर्न परेन। अनर्थ भएमा त्यो व्यर्थमा दर्द हुन्छ । अनर्थ लाग्ने आवाजहरुको इको (Eco) धेरै गुन्जिन्छ । चाडो फैलिन्छ। वाइरल हुन्छ । वाइरल हुनेहरुले साइरनको आवाजको इको ढिलो- चाडो त फेरी सुन्नुनै छ।
शब्द मुस्ताङमा रहेको युरेनियम जस्तो हो। नचलाई राखे के हो के, मुर्खले चलाए बेहुला- बेहुली बिनाको बिहे। बुद्दिमत्ता रुपमा चलाए पुस्तौपुस्ताले आरामले जिए । शब्दलाई बगाउन जान्नु पर्छ, यो सलल बग्नु पर्छ। शब्दलाई बहाउन जान्नु पर्छ, यो सरर बहनु पर्छ । शब्दलाई पार्न जान्नु पर्छ, यो सिमसिम पर्नु पर्छ । शब्दलाई नचाउन जान्नु पर्छ, यो छमछम नाच्नु पर्छ । शब्दको जाल बुनेर जालसाझी गर्ने भन्दा शब्दको माला उनेर मानसरोवर सयर गर्नेहरु कयौ गुणा मायावी हुन्छ ।
उदार रुपले एउटा काल्पनिक उदाहरण उदृत गरौ हैत । मानौ, कसैलाई कसैले लामो समयको अन्तरालमा कुनै सोसल मिडियामा हाइ/ हेलो भन्यो, रिप्लाईकर्ताले अचम्म मान्ने इमोजी पठायो, त्यसपछीको रिप्लाई यस्तो आयो : कुचिएको अनुहार झन किन कुच्याएको । यो इरानमा अमेरिकाले प्रहार गरेको बम हमला भन्दा कम हैन । भन्नुको मतलव, थाहै नपाई पड्क्यो ।
फेरी शब्द प्रहार गर्ने वित्तिकै आफूलाई अमेरिकानै सोच्नु कत्तिको जायज हो , त्यो अर्को बहसको विषय बन्न सक्ला । त्यस्ता बहसहरु इरानले इजराइललाई बनाएको तहसनहस जस्तै नहोला भन्न सकिन्न । यसको मतलव अब मैले भन्नै परेन, इसारा काफी छ।
शब्द बिझ्नु हुदैन, शब्दले ब्युझ्याउनु पर्छ । शब्दको मालाले कसैको गलाको सौन्दर्य झल्किनु पर्छ । शब्दको जालले कोहीकसैको काल निम्त्याउन हुन्न । शब्दलाई चुनेर उने सबैले छुने हुन्छन । शब्दहरुलाई प्रहार गर्नु भन्दा यस्को हार बनाई लगाइदिनु पछीको सन्तुष्टी या भनौ आनन्द धर्तीमा बसेर लिएको स्वर्गीय आनन्द भन्दा कमी पटक्कै हुन्न । यसमा म ढुक्क छु । आगे हजुरहरुको मर्जी ।
Comments