Posts

यु विल डाइ सिङ्गल

Image
सनिवारको दिन, भोलि त छुट्टी छ। बिहान हतार गरेर उठ्नु पर्ने त छैन नी। यस्तै सोचेर शुक्रबार बेलुकी अबेर राती सम्म निदाइन। साथीभाइहरुसङ्ग च्याटमा गफिएँँ। अँँ  साची साथी भाइहरु पनि नयाँ । पुरानो साथीहरु आजकाल अलिक बोल्न छाडेका छन । समय र परिवेश सङ्गै साथ दिनेहरु पनि परिवर्तन हुँदा रहेछन । यसो भनिरहदा पुराना साथीहरु सबै बोल्न छाडेका पनि हैनन।जहाँ आत्मीयता प्रगाढ हुन्छ त्यँहा समय र परिवेश गौण हुँदा रहेछन। केही यस्ता साथीहरु पनि छन , समय र परिवेशको अलवा वेलावेला सम्झिन्छन। आँखामा परेलीको ढकनी घरी लाग्थ्यो घरी उग्रन्थ्यो। हातवाट मोबाइल झर्यो, झसङ्ग भएँँ। दिमागमा यादव सरको तस्वीर आयो,रातको समयमा मोबाइल चलाउदै गर्दा निद्रामा परेको वेला उहाँको हातबाट त्यसरीनै मोवाइल झर्थ्यो।इन्ट्रन्शिप को दौरानमा कलैया बस्दा थाहा पाएको। एकचोटि जिस्किन मन लागेर उहाँलाई मेसेन्जर मा चेक गरेँँ। अफलाइन देखेसी म पनि अफलाइन भए ।      सनिवार बिहान अबेला सम्म निदाउने योजना बनाएर सुतेको म तीन बजे नै बिउँझे । निद्रा हट्यो । उज्यालो भयो। जिउ भारी भएको जस्तो भयो। खाना खाइसके पछि आराम गर्नको ल...

सोडारी सबैको रहस्य

Image
"हैन यो सोडारी भनेको के हो? मैले त सोचेको थिए सोडारी भनेको कोहि इन्डिया को मान्छे हो, पछि प्रोफाइलमा ठेगना हेर्दा त दोलखा देखाउछ अनि बुझ्दै जादा नेपाली नै लाग्यो ।साची यो सोडारी कस्तो थर हो?" सटिक जवाफ दिए- जसरी मेरो नामलाई सहजै स्वीकार गर्नु भयो हो त्यसरी नै हेर्नुस थर त्यतिकै सहज छ। "हेल्लो?" मेसेन्जर मा अर्को कोहि को मेसेज आयो। "हजुर?" रिप्लाइ दिए। सन्चै हुनुहुन्छ? कहाँ देखि हो ? के गर्नु हुन्छ? जस्ता प्रश्नको जबाफ फर्काए पछि एक प्रश्न आयो "सोडारी कस्तो थर हो? ब्राह्मण, क्षत्री, कि अरु तल्लो जात?" मन चसक्क भयो।प्रतिप्रश्न गरेँँ "हजुर को परिभाषामा कुन कुन थर तल्लो जात को हो?" उत्तर आएन। भोलिपल्ट उत्तर आयो "हैन अरु अरु जात हुन्छन नि भन्नुस न कुन जात हो?" उत्तर दिएँ "म केटा जाती" अलि कति सल्लाह पनि दिएँँ "मलाई त प्रश्न गरिहाल्नु भयो अरुलाई प्रश्न गर्न मन लाग्यो भने प्रश्न गर्नु अघि कम्तिमा तीन चोटि सोच्नु है" उत्तर आएन।प्रश्न नै आयो "रिसाउनु भाको?" सटिक जबाफ दिएँँ "हैन"। अर्...