गजल ८

कलियुग मा कहाँ यारो, राम चल्दो रैछ 
बरु तिम्रो नाममा सयौँ, धाम चल्दो रैछ 

मेट्न मनका वहहरु भेट्न,आथेँ शहरमा    
त्यै शहरमै तिम्रो नाममा, दाम चल्दो रैछ  

परिस्कृत भाकी रैछौ, पढ्छु अखबारमा
बजारमा टिकाइ राख्न, खाम चल्दो रैछ

तड्पिएर घुमी हिड्ने, शहरका गल्लीहरु 
चौविस घन्टै तिम्रै लागि, जाम चल्दो रैछ 

भलाद्मी र इमान जमान, छाडेँ कुरा गर्न  
अरे यारो बदनाम मै त, नाम चल्दो रैछ 


Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सनिवारको झरी

सोडारी सबैको रहस्य