Posts

Showing posts from May, 2019

गजल ११

Image
उनी यस्ती छन कि, खुल्दा थाहा हुन्छ उनी बाहेक सबैलाई, भुल्दा थाहा हुन्छ माया र  प्रीतीको, मिठ्ठो फ्लेवर पाउन उनी सँगै आफू पनि, घुल्दा थाहा हुन्छ सोच अनि सौन्दर्यको, अनुभुती गर्नुपरे फूल जस्तै उनी सङ्गै, फूल्दा थाहा हुन्छ कलकलाउदो पानीसरी, यात्रा गर्नु परे हात समाई उनीसँगै, डुल्दा थाहा हुन्छ प्रेम रुपी संसारलाई, बुझ्नुनै छ यदी भने उनीसँग आँखा जुधाई, झुल्दा थाहा हुन्छ

गजल १०

माग्दा उनले सहारा , हात दिन सकुँ उपहार मेरै थरको , जात दिन सकुँ दु:ख कष्ट अप्ठ्यारोमा, राहत हुने गरी मुठ्ठी कसी भरोसाको, साथ दिन सकुँ विनाकारण चसक्क मन, दुखाएर उनको नआओस सोच कहिल्यै, घात दिन सकुँ दिनरात हजुर भनी, मीठो बोल्ने उनलाई अजम्बरी वर बधु को , नाता दिन सकुँ सपनिमा बुन्दै कथा,उन्दै माला पिरतीको मात लाग्ने गरि हरेक , रात दिन सकुँ