गजल ११

उनी यस्ती छन कि, खुल्दा थाहा हुन्छ
उनी बाहेक सबैलाई, भुल्दा थाहा हुन्छ


माया र  प्रीतीको, मिठ्ठो फ्लेवर पाउन
उनी सँगै आफू पनि, घुल्दा थाहा हुन्छ


सोच अनि सौन्दर्यको, अनुभुती गर्नुपरे
फूल जस्तै उनी सङ्गै, फूल्दा थाहा हुन्छ


कलकलाउदो पानीसरी, यात्रा गर्नु परे
हात समाई उनीसँगै, डुल्दा थाहा हुन्छ


प्रेम रुपी संसारलाई, बुझ्नुनै छ यदी भने
उनीसँग आँखा जुधाई, झुल्दा थाहा हुन्छ

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५