गजल १०

माग्दा उनले सहारा , हात दिन सकुँ
उपहार मेरै थरको , जात दिन सकुँ


दु:ख कष्ट अप्ठ्यारोमा, राहत हुने गरी
मुठ्ठी कसी भरोसाको, साथ दिन सकुँ


विनाकारण चसक्क मन, दुखाएर उनको
नआओस सोच कहिल्यै, घात दिन सकुँ


दिनरात हजुर भनी, मीठो बोल्ने उनलाई
अजम्बरी वर बधु को , नाता दिन सकुँ


सपनिमा बुन्दै कथा,उन्दै माला पिरतीको
मात लाग्ने गरि हरेक , रात दिन सकुँ

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५