गजल ६

नहुत्याउ न ए पवन - क्रन्दन कस्लाई देखाउँ 
यथार्थमा बाचेको म- बन्धन कस्लाई देखाउँ

छलकपट लालचा र - इछ्या अनि चाहानाको 
बहानामा रुमल्लेको - स्पन्दन कस्लाई देखाउँ

खुर्पालाई विड चाहिएकै हो - विकल्प त खोज   
मुल्यवान हुन यो भन्दै - चन्दन कस्लाई देखाउँ

वचन तीखा विझाएर - रौनक छर्दै वैंशको त्यो 
भित्र भित्रै जलेको यो - दनदन कस्लाई देखाउँ

रम्न चाह्यौ तिमी उता - मेलवर्न डान्स क्लबमा  
भनिदेउन मेरो मनको - लन्डन कस्लाई देखाउँ

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५