गजल ४

घटना एउटा कारण अर्कै, जवाफ बेग्लै छ
खुन उन्मादले गधाहरुको, रवाफ बेग्लै छ

फलानो को को तिलानो, हामीलाई के चासो
राम्रा छाड्देउ हाम्रा चाहियो, दवाव बेग्लै छ

छेपारो ले हरेक मौसम, रङ्ग फेरे जस्तै गरि 
व्यक्ती उहि हो चाला ढाला, नवाव बेग्लै छ

व्वासो गाइको मुकुटमा, नाच्छ घना जङ्गल  
थाह छैन उसलाई गाइको, स्वभाव बेग्लै छ

अन्ध भक्त न्याय माग्न, धाउँछन पसलमा 
नियत उही हो पसलकोनी, लगाव बेग्लै छ

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५