गजल ९

तिम्रो माया जाली रैछ 
मुट्टु चिर्ने फाली रैछ 

मल जल गर्छु भन्थे 
तिम्रो अर्कै माली रैछ 

दियौ सधै झुटो माया
भित्री मन खाली रैछ 

फुल्छ भन्थे प्रेम बोट 
सुकी जाने डाली रैछ 

नरम भई वोल्ने तिम्रो
बोली सबै गाली रैछ

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५