आमा

 शब्दहरुमा

 मौन भाषाहरुले बोलिरहेको

 प्रेमील वचनहरु,

 यादगार बनेर बाचिरहने,

 सीमाहिन ममताका छालहरु 

 

 एकसाथ

 घुम्ती  मोडहरुमा

 नागवेली भएर बगिरहदा

 दर्शाइरहने अटुट माया  भरोसा

 विशालनिस्वार्थ  असीम प्रेम।

 

 बाच्नुको अर्थ

 आत्मीयता को तत्ववोध

 नसिकाएर नि सिकाइरहने

 केवल उहाँमा समर्पित

 अन्जुलीभरीको श्रद्धा

 

 मौन भाषा

 मौन अभिव्यक्ति 

 मनैबाट बोलिरहन्छु

 विशुद्द हृदयलाई छोएर

 जुनसुकै समय

 आमा ! प्यारी आमा ! ! 



Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५