गजल २

स्वर  ठूलो हुदैमा ती , गाली हुदैनन
पड्किएका हात सबै, ताली हुदैनन

टल्किने ती धातुरुपी, भाँडाहरु पनि
मन्दिर मा पुजा  गर्ने , थाली हुदैनन

लटरम्मै  फूल फूली  , हाँगा हरु नुही 
फल दिने सबै  बिरुवा, बाली हुदैनन

बाटो एउटै तयगर्दा, यात्रा जिन्दगीको 
सहयात्री हरु सब घर , वाली हुदैनन

मेरा भेना आह भन्दै, मिठा वात गर्ने
हेर सब्को ससुरालीमा, साली हुदैनन

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५