गजल १

मिरमिरेमै निस्किन्छ्यौ रे, सुन्छु आजभोलि
रिसाउदा नि तिमिलाई नै, चुन्छु आजभोलि 

आकर्षणको ज्वाला सङ्गै, बत्तिसदन्त खुल्दा
धड्किएको  मुटु  हातले, छुन्छु  आजभोलि

मोडिएका  तिम्रा  नजर,  आफूतिर  तान्न 
कयौं  पटक  अनुहार,  धुन्छु  आजभोलि 

लुकिलुकि लिएका ती, तिम्रा तस्वीर हेर्दै  
तिमी सङ्गै जिउने सप्ना, बुन्छु आजभोलि    

सल्लाह गरि सङ्गै जाउला, फर्किदा नि सङ्गै  
यस्तै  यस्तै  मनमा  कुरा, तुन्छु आजभोली
प्रतीक्षामा 

Comments

Popular posts from this blog

यु विल डाइ सिङ्गल

सोडारी सबैको रहस्य

गजल ५