Posts

दृष्टि र सृष्टि: जीवन, अनुभव र सिर्जनाको अन्तरसम्बन्ध

Image
  मानव जीवनको प्रत्येक पाटोमा दृष्टिकोण र सृष्टि भन्ने दुई अविभाज्य पक्ष विद्यमान छन्। दृष्टि अर्थात् दृष्टिकोण, जसले हामीलाई वरिपरिको संसार बुझ्न, अनुभव गर्न र मूल्याङ्कन गर्न मार्गदर्शन गर्छ, र सृष्टि अर्थात् सिर्जना, जसले हाम्रो दृष्टिकोणलाई रूप दिन्छ र बाह्य विश्वमा जीवन्त बनाउँछ। यी दुईबीचको सम्बन्ध केवल भौतिक वा दृश्यात्मक मात्र होइन; यो दार्शनिक, मानसिक र आध्यात्मिक तहसम्म फैलिएको छ। मानव जीवनको आरम्भदेखि नै दृष्टि र सृष्टिको सम्बन्ध देखा पर्छ। बच्चा जब पहिलो पल्ट आँखा खोल्छ, उसले वरिपरिको वातावरण हेर्छ, त्यसलाई अनुभव गर्छ, अनि त्यस अनुभवको आधारमा संसारबारे आफ्नो दृष्टि निर्माण गर्छ। दृष्टि केवल दृश्यमा सीमित छैन; यो सोच, समझ र अनुभवको समग्र पद्धति हो। कुनै व्यक्तिले संसारलाई शान्त, प्रेमपूर्ण र सकारात्मक दृष्टिले हेर्छ भने उसको जीवनमा सिर्जनात्मकता र सृजनशीलता स्वतः जन्मन्छ। त्यस्तै, यदि दृष्टि नकारात्मक, डर वा द्विविधाले भरिएको छ भने, सृष्टि पनि त्यस अनुरूप सीमित, असुरक्षित वा हानिकारक बन्न सक्छ। सृष्टि, वा सिर्जना, केवल कलाको माध्यमबाट मात्र व्यक्त हुँदैन। यो जीवनका हरेक ...

कुच्चिएको अनुहार

Image
शब्द स्थीर र अदृष्य अस्तित्व हो । अझ यसरी भनौ,  शब्दमा शक्ति हुन्छ। स्थिती शक्ति । शब्दलाई गति शक्तिमा रुपान्तरण गर्न आवाजले भूमिका खेलेको हुन्छ । आवाज माध्यम हो । मतलव,  आवाज विचौलिया हो । यसले शव्दलाई स्थिती बाट गति शक्तिमा रुपान्तरण गर्न एजेन्टको काम गर्दछ । विचौलिया होस या माध्याम होस यात एजेन्ट, यिनीहरु पनि शब्दनै हुन । मेरो भन्नुको तात्पर्य शब्द तीरमा राखेको वाण हो । वाणरुपी शब्दहरु जब तीररुपी मुखारविन्दुबाट प्रहार हुन्छन, त्यसले गति लिन्छ र कित सही सीकार हान्छ कित गत्तिलो क्षती गर्छ । शब्द हतियार हो, चलाउन जान्नेलाई खेलाउना, नजान्नेलाई पछुतो र बिलौना। शब्दको लागि आवाज मात्र माध्याम हैन । कतिपय शब्द आफै बोल्छन । शब्द आफै बोलेको महशुस गर्न नयनको सयन हुन पर्छ । नयनको सयनले कयन कहानीहरु चयनसाथ विश्वमा अटल रहेका छन । बुझ्नेलाई इसारा काफी छ भन्नुको तात्पर्य नै यही हो । इसारा शब्दको अर्को माध्याम हो । इसाराको निसाना आवाजको जहाजभन्दा कयौ गुणा तिब्र दौडन्छ ।  मान्छेहरु भन्ने गर्छन । आवाजमा शक्ति हुन्छ, यसलाई बुलन्द बनाउनु पर्छ ।मेरो धारणा फरक छ। फरक यस मानेमा की,  श...

आमा

Image
 शब्दहरुमा ,    मौन   भाषाहरुले   बोलिरहेको ,    प्रेमील   वचनहरु ,   यादगार   बनेर   बाचिरहने ,   सीमाहिन   ममताका   छालहरु   ।     एकसाथ ,    घुम्ती   र   मोडहरुमा ,    नागवेली   भएर   बगिरहदा ,    दर्शाइरहने   अटुट   माया   र   भरोसा ,    विशाल ,  निस्वार्थ   र   असीम   प्रेम।     बाच्नुको   अर्थ ,    आत्मीयता   को   तत्ववोध ,    नसिकाएर   नि   सिकाइरहने ,    केवल   उहाँमा   समर्पित ,    अन्जुलीभरीको   श्रद्धा ।     मौन   भाषा ,    मौन   अभिव्यक्ति     मनैबाट   बोलिरहन्छु ,    विशुद्द   हृदयलाई   छोएर ,    जुनसुकै   समय ,    आमा  !  प्यारी   आमा  ! ! 

उकुसमुकुस धरातलमा एक मुठ्ठी श्वास

Image
         ब्रमाणडमा रहेको एक मिल्कीवे ग् यालेक्सी, मिल्कीवे भित्रको एक शौर्य प्रणाली जसको विचमा सू र्य, शौर्य प्रणालकीका नौ ग्रह, ए यी पनि वेला वेला हराउछन क्यारे, आठ ग्रह । आठ ग्रह मध्येको एउटा ग्रह, पृथ्वी । जँहा जीवन र जगतको अस्तित्व छ । जँहा सबै कुरा छ , मतलव प्रकृति छ ।  प्रकृति आफैमा अथाह छ । प्रकृतिमा के चाही छैन, सब कुरा छ । प्रकृतिमा नै मानव जाति छ । प्रकृतिमा नै वनस्पती छ । प्रकृतिमा नै वायुप्रणाली छ, हो वायुप्रणाली छ । यस प्रकृतिले सबै कुरा दिएको छ । दिएको नभनौ क्यारे, कसका लागि दिएको हो र, यसो भनौ बरु, प्रकृतिमा सबैकुरा छ। तिमी छौ, म छु, तपाँई हुनुहुनछ, ऊँहा हुनुहुन्छ, मौसुफ होइबक्सन्छ ।             प्रकृतिलाई कसैले चलाउनु पर्दैन, यो आफै चलिरहन्छ  । वास!  यसलाई चल्न दिउँ, आफ्नै गतिमा । हैन प्रकृतिलाई हाम्रो बसमा राख्न पर्छ, विकास गर्न पर्छ, कसैले नसकेको अझ भनौ प्रकृतिले  नै गर्न नसकेको हामीले गर्नु छ /पर्छ । त्यसो पनि हैन, तिमि चुप बस । तिमीले सक्दैनौ । तिम्रो पाइन छैन । यसलाई यसरी चलाउनुपर्छ । वा...

गजल ११

Image
उनी यस्ती छन कि, खुल्दा थाहा हुन्छ उनी बाहेक सबैलाई, भुल्दा थाहा हुन्छ माया र  प्रीतीको, मिठ्ठो फ्लेवर पाउन उनी सँगै आफू पनि, घुल्दा थाहा हुन्छ सोच अनि सौन्दर्यको, अनुभुती गर्नुपरे फूल जस्तै उनी सङ्गै, फूल्दा थाहा हुन्छ कलकलाउदो पानीसरी, यात्रा गर्नु परे हात समाई उनीसँगै, डुल्दा थाहा हुन्छ प्रेम रुपी संसारलाई, बुझ्नुनै छ यदी भने उनीसँग आँखा जुधाई, झुल्दा थाहा हुन्छ

गजल १०

माग्दा उनले सहारा , हात दिन सकुँ उपहार मेरै थरको , जात दिन सकुँ दु:ख कष्ट अप्ठ्यारोमा, राहत हुने गरी मुठ्ठी कसी भरोसाको, साथ दिन सकुँ विनाकारण चसक्क मन, दुखाएर उनको नआओस सोच कहिल्यै, घात दिन सकुँ दिनरात हजुर भनी, मीठो बोल्ने उनलाई अजम्बरी वर बधु को , नाता दिन सकुँ सपनिमा बुन्दै कथा,उन्दै माला पिरतीको मात लाग्ने गरि हरेक , रात दिन सकुँ

वाह नयाँ साल??

Image
मिरमिरे देखि गोधुलीसम्म गुनगानै गुनगान। कति भाग्यमानी छस है तँँ? हरेकले तेरो आगमनको उपलक्ष्यमा धुमधाम सङ्ग उत्सव मनाउछन, सुभ साइतको नाम दिएर तेरै आगमनको उपलक्ष्यमा सम्पुर्णले सम्पुर्णलाई शुभकामना आदनप्रदान गर्छन । त्यति मात्रै हो र, युवायुवती तेरै आगमनको मौका छोपी डाँडाकाँडा चहार्ने गर्छ्न, सामाजिक संजालले ठाउँ पाइनसक्नु हुन्छ। अरे यार, अरु त अरु कहिल्यै नछिर्नेहरु पनि तेरै आगमनको वहानामा तलाई सुभसाइतको पगरी गुथाई वर्षभरीनै साउनीको भट्टिको तिनपानेलाई सुभदिनको सगुनको रुपमा पिउनेहरुको पछि लागि छिरिदिन्छन पिउनकै लागि। नाम वर्षभरीको लिएर काम एकै दिनमा तमाम गरिदिन्छ्न। वाह वैशाख १ गते वाह! तेरो जन्म भएको ठ्याक्कै ३६५ दिनमा नयाँ वर्ष सुरु हुन्छ । कति लामो आयु तेरो, दीर्घायु । जन्म एउटै, भोगाइ उस्तै , तर हेर त तेरै अघिल्लो दिन न हो, चैत्र ३० । तर पनि त भन्दा ३६४ दिन कान्छो अरे। वर्षको अन्तिम दिन, बिचरो जन्मेको एकै दिनपछी एक वर्ष पुरानो भई दिन्छ । भोगाई कत्ती गह्रौं छ । वर्षभरीको पेलाईको अन्तिम दिन। नेपालीहरुले कोरिया जानको लागि बसेको लाइनको अन्तिममा रहेको नेपाली जस्तो। पर्खाई लामो तर पा...