Posts

प्रणय दिवसको दिन

Image
आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस। आज भन्दा करिव बाह्र साल पहिले जानी नजानी यो शब्द सुनेको थिए। कतिपयले उच्चारण गर्न नजानेर त कतिपयले खिसिट्याउरी तरिकाले यस दिनलाई ह्याप्पी भान्टाङभुन्टुङ्ग डे पनि भन्ने गर्दथे/ छन। गाउँले परिवेशमा हुर्केको सरकारी विद्यालयमा पढेको म दुरदराजको एउटा वालक (त्यो वेलाको) लाई के थाह भ्यालेन्टाईन डे के हो। न त्यो वेलामा अहिलेको जस्तो टेक्नोलोजीको विकास भाको थ्यो न त कोहि कसैले यसको वारेमा प्रष्ट्याउने प्रयास गरेका थिए। त्यो वेलाको समयमा म बस्ने ठाउँबाट कलेज सम्म आउने बाटो हिडेर करिब पैंतिस मिनेट्को थियो। कलेजमा अरु विषयको पढाइ विहानी सत्रमा हुन्थ्यो तर विज्ञान विषय पढ्नको लागि दिवा सत्र पर्खनु पर्दथ्यो। दिवा सत्रमा सदाझै पढ्नको लागि निस्केको मैले बाटोभरीनै हल्काफुल्का वर्षा र चिसो हावाको स्पर्श गर्दै गित सुन्दै कलेज पुगेको थिए। त्यो वेलाको नोकिया सोह्र सय को सेटमा "के सन्देश बोकि ल्यायौ, हे वादल आकाशै छोपी" भन्ने गित पाच पटक सुनेपछी आफू बस्ने घर बाट कलेज पुगिन्थ्यो। जति सुने पनि आनन्दित हुने त्यो गित अहिले पनि वेलावेला सुन्ने गर्दछु।     ...

गजल ७

छाती भरी गोला वारुद, चलेपछी आयौ वारुद सङ्गै कोमल मुटु, जलेपछी आयौ बुन्थे सप्ना तिमी सङ्गै, सितल ताप्ने वरको  अनयासै त्यही वर पनि, ढलेपछी आयौ विगतमा तिमिलाई नै, सम्झिन्थ्यो यो दिल  तर आज त्यही दिल पनि, गलेपछी आयौ उत्रिदा म पर्दा अघि , लुक्यौ त्यसकै पछि  आज मलाई त्यही पर्दाले, छलेपछी आयौ भोक भोग लोभ लाभ, त्यागी सबका सब   सन्यासीको मोसो मुखमा , दलेपछी आयौ

सनिवारको झरी

Image
सनिबार, फुर्सदको समय, आराम गर्ने दिन। अझ यसरी भनौ-हप्ताभरीको कामको लोड विर्सिएर आफू अनुकुल आफूलाई आफ्नै मनले डोहोर्याएर आफ्नै दुनियामा भ्रमण गराउने दिन।साच्चै सनिवार, हप्तामा एक दिन, वाह! सनिवार सनिवार जस्तो तब हुन्छ, जब सनिवारलाई मनले आजको दिन सनिवार हो भनी चिन्छ। मन सबैको लागि मन नै हुन्छ। उसलाई त कुनै वार पर्खिन पर्दैन। जतिसुकै व्यस्त म रहुँ, जब मन चल्न थाल्छ, मेरा सबै काम तमाम गरिदिन्छ यहि मनले। सँधैझै शुक्रबारको रात मेरा लागि फुर्सदिलो रात बन्छ, फुर्सदिलो यो मानेमा बन्छ कि मलाई अरु दिन जस्तो समयको रफ्तारमा हिड्न पर्दैन र थकाई मार्नको लागि रातमा निद चाहिन्छ। हो शुक्रबारको रात मनले मेरो निदलाई आफ्नो कावूमा नियन्तत्रीत गर्छ । घडिको सुइ चलेको आफूले सुइँको पाउदिन । रात सकिन्छ, बिहान मीठो निद्रा पर्छ। निद्रा साच्चै मीठो पर्छ। यदी कुनै कुराको स्वाद जिब्रोले थाहा पाउदैन र मीठो हुन्छ भने त्यो निद्रा नै हुन्छ। न त गुलियो हुन्छ न त अमिलो, या अरु कुनै स्वाद। तर निद्रा मीठो हुन्छ। आँखा छोपिदा ओठहरु मलाई मुस्कुराउन प्रेरित गराँउछ्न सवेरै निद्राको निद हराम गर्दै "वोतल-कागज...

अध्यादेशः शकुनी प्रवृति

Image
निश्चित मापदण्डको आधारमा सेवा प्रवेश गरेपछि सो सँग सम्बन्धित ऐन तथा नियमावलीको पालना गर्नु उसको कर्तव्य हुन आउँछ। कुनैपनि व्यक्ति सरकारी सेवामा प्रवेश गर्दै गर्दा  विशुद्द श्रमिकको रुपमा यो वा त्यो जस्तोसुकै भएपनि ठिक छ भनेर करारनामा मा सामेल भएको हुदैन । मौजुदा ऐन तथा कानूनको अधिनमा रहि तोकिएको सेवा शर्त तथा वृति विकासको पथ आङ्कलन गरी भविश्यको गन्तव्य तय गरेर सेवा छनौट गरेको हुन्छ। निजामति सेवा सार्वजनिक व्यवस्थापनको मियो हो र यो सिद्दान्ततः निश्चित पदसोपान हुन्छ। यो सेवा अविभावक, जात, विचार हुँदै योग्यतामा रुपान्तरण भएको हो । राज्यको स्थाई सरकार कर्मचारीतन्त्र हो। नेपालको सन्दर्भमा निजामति सेवा प्रवेश गर्ने हरेक कर्मचारीको लागि  निजामति सेवा ऐन उसको राजमार्ग हो। राजमार्ग मोडिएको ठाँउमा हाँकिदा आफू पनि मोडिनुपर्छ भन्ने ज्ञान कर्मचारीमा हुनु जरुरी छ। अथवा राजमार्गको स्वरुप जस्तो छ त्यहि आधारमा आफ्नो गन्तव्य तय गरिनु पर्दछ, अन्यथा दुर्घटना हुन सक्ने खतरा रहन्छ। अर्को तर्फ राज्यको सफलता र असफलताको मुख्य आधार सार्वजनिक व्यवस्थापनलाई मानिन्छ। यसलाई चुस्त, कार्यमूखि र व्यवसायिक ब...

गजल ६

Image
नहुत्याउ न ए पवन - क्रन्दन कस्लाई देखाउँ  यथार्थमा बाचेको म- बन्धन कस्लाई देखाउँ छलकपट लालचा र - इछ्या अनि चाहानाको  बहानामा रुमल्लेको - स्पन्दन कस्लाई देखाउँ खुर्पालाई विड चाहिएकै हो - विकल्प त खोज    मुल्यवान हुन यो भन्दै - चन्दन कस्लाई देखाउँ वचन तीखा विझाएर - रौनक छर्दै वैंशको त्यो  भित्र भित्रै जलेको यो - दनदन कस्लाई देखाउँ रम्न चाह्यौ तिमी उता - मेलवर्न डान्स क्लबमा   भनिदेउन मेरो मनको - लन्डन कस्लाई देखाउँ

गजल ५

Image
पहिले थेन अहिले उहि, अटाइ आएछ दिलको प्यारो मान्छेलाई, हटाइ आएछ  तमसुकमा किर्ते गरि, हस्ताक्षर गराएर   जीवनभरी उनलाई पिए, खटाइ आएछ छारो हाली नयनमा, दिउँसै रात पारी भद्र भलाद्मी को नाम, कटाइ आएछ दाउमा राखी उनैलाइ, अनेक जाल रची दामी दिलमा उहि हरामी, फटाइ आएछ  लेखिएका सुनौला नाम, मेट्नु मेटाएर   नसाटिने दिललाई उस्ले, सटाइ आएछ

गजल ४

Image
घटना एउटा कारण अर्कै, जवाफ बेग्लै छ खुन उन्मादले गधाहरुको, रवाफ बेग्लै छ फलानो को को तिलानो, हामीलाई के चासो राम्रा छाड्देउ हाम्रा चाहियो, दवाव बेग्लै छ छेपारो ले हरेक मौसम, रङ्ग फेरे जस्तै गरि  व्यक्ती उहि हो चाला ढाला, नवाव बेग्लै छ व्वासो गाइको मुकुटमा, नाच्छ घना जङ्गल   थाह छैन उसलाई गाइको, स्वभाव बेग्लै छ अन्ध भक्त न्याय माग्न, धाउँछन पसलमा  नियत उही हो पसलकोनी, लगाव बेग्लै छ