Posts

अध्यादेशः शकुनी प्रवृति

Image
निश्चित मापदण्डको आधारमा सेवा प्रवेश गरेपछि सो सँग सम्बन्धित ऐन तथा नियमावलीको पालना गर्नु उसको कर्तव्य हुन आउँछ। कुनैपनि व्यक्ति सरकारी सेवामा प्रवेश गर्दै गर्दा  विशुद्द श्रमिकको रुपमा यो वा त्यो जस्तोसुकै भएपनि ठिक छ भनेर करारनामा मा सामेल भएको हुदैन । मौजुदा ऐन तथा कानूनको अधिनमा रहि तोकिएको सेवा शर्त तथा वृति विकासको पथ आङ्कलन गरी भविश्यको गन्तव्य तय गरेर सेवा छनौट गरेको हुन्छ। निजामति सेवा सार्वजनिक व्यवस्थापनको मियो हो र यो सिद्दान्ततः निश्चित पदसोपान हुन्छ। यो सेवा अविभावक, जात, विचार हुँदै योग्यतामा रुपान्तरण भएको हो । राज्यको स्थाई सरकार कर्मचारीतन्त्र हो। नेपालको सन्दर्भमा निजामति सेवा प्रवेश गर्ने हरेक कर्मचारीको लागि  निजामति सेवा ऐन उसको राजमार्ग हो। राजमार्ग मोडिएको ठाँउमा हाँकिदा आफू पनि मोडिनुपर्छ भन्ने ज्ञान कर्मचारीमा हुनु जरुरी छ। अथवा राजमार्गको स्वरुप जस्तो छ त्यहि आधारमा आफ्नो गन्तव्य तय गरिनु पर्दछ, अन्यथा दुर्घटना हुन सक्ने खतरा रहन्छ। अर्को तर्फ राज्यको सफलता र असफलताको मुख्य आधार सार्वजनिक व्यवस्थापनलाई मानिन्छ। यसलाई चुस्त, कार्यमूखि र व्यवसायिक ब...

गजल ६

Image
नहुत्याउ न ए पवन - क्रन्दन कस्लाई देखाउँ  यथार्थमा बाचेको म- बन्धन कस्लाई देखाउँ छलकपट लालचा र - इछ्या अनि चाहानाको  बहानामा रुमल्लेको - स्पन्दन कस्लाई देखाउँ खुर्पालाई विड चाहिएकै हो - विकल्प त खोज    मुल्यवान हुन यो भन्दै - चन्दन कस्लाई देखाउँ वचन तीखा विझाएर - रौनक छर्दै वैंशको त्यो  भित्र भित्रै जलेको यो - दनदन कस्लाई देखाउँ रम्न चाह्यौ तिमी उता - मेलवर्न डान्स क्लबमा   भनिदेउन मेरो मनको - लन्डन कस्लाई देखाउँ

गजल ५

Image
पहिले थेन अहिले उहि, अटाइ आएछ दिलको प्यारो मान्छेलाई, हटाइ आएछ  तमसुकमा किर्ते गरि, हस्ताक्षर गराएर   जीवनभरी उनलाई पिए, खटाइ आएछ छारो हाली नयनमा, दिउँसै रात पारी भद्र भलाद्मी को नाम, कटाइ आएछ दाउमा राखी उनैलाइ, अनेक जाल रची दामी दिलमा उहि हरामी, फटाइ आएछ  लेखिएका सुनौला नाम, मेट्नु मेटाएर   नसाटिने दिललाई उस्ले, सटाइ आएछ

गजल ४

Image
घटना एउटा कारण अर्कै, जवाफ बेग्लै छ खुन उन्मादले गधाहरुको, रवाफ बेग्लै छ फलानो को को तिलानो, हामीलाई के चासो राम्रा छाड्देउ हाम्रा चाहियो, दवाव बेग्लै छ छेपारो ले हरेक मौसम, रङ्ग फेरे जस्तै गरि  व्यक्ती उहि हो चाला ढाला, नवाव बेग्लै छ व्वासो गाइको मुकुटमा, नाच्छ घना जङ्गल   थाह छैन उसलाई गाइको, स्वभाव बेग्लै छ अन्ध भक्त न्याय माग्न, धाउँछन पसलमा  नियत उही हो पसलकोनी, लगाव बेग्लै छ

यो शहरदेखी त्यो गाउँ सम्म

Image
यसपालिको दशै सधैंझै रमाइलोमै बित्यो। चाडपर्वहरु मध्ये मलाई सबैभन्दा मन पर्ने चाड चाहिँ तिहार भए पनि मेरा लागि दशै स्पेसलनै बन्ने गर्छ। कारण तिहारमा जन्मथलो जान पाउदिन भनौ या परिस्थितिले काठमाडौ छाड्न दिदैन। पारिवारिक भेटघाट, साथीभाइ सङ्गको जमघट, सुखदुःख साटासाट अनि आमाबाबुको ममताको बगैंचामा थोरै भए पनि घुलमिल हुन पाइन्छ दशैमा ।  यसपालीको दशै सधैको जस्तै भए पनि केही भिन्न रह्यो। पहिले दशैमा असोज लाग्नसाथ कोठाको भित्तामा झुन्ड्याइएको क्यालेन्डरमा घर जाने  दिन टिक लगाएर असोज महिनाको क्यालेन्डरको पन्ना नजान्ने बच्चाले खाली पन्नामा केरेझै केरिएका हुन्थे भने घटस्थापनाको दिन देखिनै घर जाने तरखरमा रहिन्थ्यो, यसपाली त्यो रहेन। जसोतसो फुलपातीको दिन सम्म भने पनि घर पुगियो। खाडिचौर देखि चरिकोटसम्म बाटो अप्ठ्यारो छ, कसरी पुग्ने होला, कि खुर्कोट हुँदै जाउ, मनमा यस्तै यस्तै कुरा चलिरह्यो।अठोट गरि खाडिचौर हुँदै घर जाने तय गरियो। दाजुभाइ आलोपालो गरि मोटरसाइकल चलाउदै पुग्ने सम्झौता भएपनी त्यसो हुन सकेन कारण म थिए। मलाई अरु जतिसुकै मोटरसाइकल चलाउन जान्ने भए पनि पछाडी बस्नु पर्दा बिस्वास लाग्...

मेरो प्रेम उनको माया

Image
नेपाली शब्दभण्डार बृहद छ भन्दै गफ दिने मध्यको एक म पनि हुँँ। गफको कुरा चलिहाल्यो यसैको गफ गरौँ । मैले भन्न खोजेको गफको विषयमा गफ गरौँ । कतिपय गफ गफैको लागि हुन्छन, कतिपय गफ ओझिलो हुन्छन र कतिपय बोझिलो पनि। मान्छेहरु भन्ने गर्छन हावाजस्तो गफ गर्यो। आखिर गफ चाहिँ हावाजस्तै नै हुन्छ । हावाको स्पर्श भएर हावामै बिलाइजान्छ गफ। गफले जहिल्यै साथ खोज्छ। एकान्तमा गफको अस्तित्व हुदैन। जब दुई वा दुई भन्दा बढी व्यक्तिहरुको जमघट हुन्छ तब गफ चल्छ। गफै गफमा मान्छेले आफ्नो अमुल्य समय गएको पत्तोनै पाउदैन। एकअर्कामा ठोहालाहाल चल्छ। हासो गुन्जिन्छ।तान्ने र पिउनेहरुलाई कति खिल्ली तानियो या कति पेग दबाइयो पत्तोनै हुन्न, यो चलिरहन्छ। यो मतलव गफ। अनि गफ गर्ने पात्रहरु जब एकअर्कामा कुनै दिन गफ गरौला भन्दै छुटिन्छन- छुटिएर अलिक पर पुग्न नपाउदै सोचिहालछन "गफ दिएर गयो" । यसरी विश्लेषण गर्दा यो लाग्छ कि गफ त्यस्तो चिज हो जुन एक पात्रद्वारा अर्को पात्रलाई हस्तान्तरण गरिन्छ।  मलाई विगतमा कोहि पात्रसङ्ग मपात्रले दिएको गफको वारेमा गफ दिन मन लाग्यो। गफ अङ्ग्रेजी शब्द love को थ्यो। love अर्थात प्रेम। प्रसङ...

नोकिया सोह्र सय

Image
गाउँबाट शहर छिर्दै गर्दाका क्षणहरु मध्ये पहिलो पटक गाडी देख्दा र पहिलो पटक क्याम्पस जाँदाको दिन अझै स्मृतिमा रहिरहेका छन। पहिलो पटक बुबासँँग चरिकोट आउँदाको कुरा हो । तामाकोसी नदिको तीरै तिर लगभग तीन घण्टा हिडेपछी रातमाटे भन्ने ठाउँ र त्यहाँ बाट दुई घण्टाको उकालो बाटो पार गरेपछी ऐतिहासिक दोलखा बजार आइपुगिन्थ्यो। शहरी जीवनको आभाष दिलाउने त्यस बजारबाट चरिकोट हिडेरै आउँदा पनि बीस मिनेट लाग्ने रहेछ। दोलखा बजारमा चरिकोट जाने बस भेटिएन, हिडेरै जाने निधो गरि अगाडी बढ्यौ। अलिक परबाट बसको हर्न सुनियो। मन यति कापेको थियो कि रोडमा हिड्दै गरेको म रोडबाट बीस मिटर जति पर पुगेर बसलाई साइड दिएको थिएँ । त्यस्तै पहिलो पटक नयाँ युनिफर्ममा विद्यालयको जस्तै गरि झोलाभरी किताब बोकेर क्याम्पस पढ्न भनी हिडेको म क्याम्पसको  गेटबाट भित्र छिर्दै गर्दा चौरमा बसेका दुई केटिहरुको लागि हासोको पात्र बन्न पुगेको थिएँ । उनिहरु मलाई देखेरै हासेका थिए तर मेरो उपस्थितिमा त्यतिको गरि हास्नुको कारण मैले आजसम्म पत्ता लाउन सकेको छैन। सायद व्याचलर पढ्दा ताका होला मैले पहिला याहु आइडि बनाएको थिएँ । सुरुमा साइवर जानू रहर ह...