Posts

दृष्टि र सृष्टि: जीवन, अनुभव र सिर्जनाको अन्तरसम्बन्ध

Image
  मानव जीवनको प्रत्येक पाटोमा दृष्टिकोण र सृष्टि भन्ने दुई अविभाज्य पक्ष विद्यमान छन्। दृष्टि अर्थात् दृष्टिकोण, जसले हामीलाई वरिपरिको संसार बुझ्न, अनुभव गर्न र मूल्याङ्कन गर्न मार्गदर्शन गर्छ, र सृष्टि अर्थात् सिर्जना, जसले हाम्रो दृष्टिकोणलाई रूप दिन्छ र बाह्य विश्वमा जीवन्त बनाउँछ। यी दुईबीचको सम्बन्ध केवल भौतिक वा दृश्यात्मक मात्र होइन; यो दार्शनिक, मानसिक र आध्यात्मिक तहसम्म फैलिएको छ। मानव जीवनको आरम्भदेखि नै दृष्टि र सृष्टिको सम्बन्ध देखा पर्छ। बच्चा जब पहिलो पल्ट आँखा खोल्छ, उसले वरिपरिको वातावरण हेर्छ, त्यसलाई अनुभव गर्छ, अनि त्यस अनुभवको आधारमा संसारबारे आफ्नो दृष्टि निर्माण गर्छ। दृष्टि केवल दृश्यमा सीमित छैन; यो सोच, समझ र अनुभवको समग्र पद्धति हो। कुनै व्यक्तिले संसारलाई शान्त, प्रेमपूर्ण र सकारात्मक दृष्टिले हेर्छ भने उसको जीवनमा सिर्जनात्मकता र सृजनशीलता स्वतः जन्मन्छ। त्यस्तै, यदि दृष्टि नकारात्मक, डर वा द्विविधाले भरिएको छ भने, सृष्टि पनि त्यस अनुरूप सीमित, असुरक्षित वा हानिकारक बन्न सक्छ। सृष्टि, वा सिर्जना, केवल कलाको माध्यमबाट मात्र व्यक्त हुँदैन। यो जीवनका हरेक ...

कुच्चिएको अनुहार

Image
शब्द स्थीर र अदृष्य अस्तित्व हो । अझ यसरी भनौ,  शब्दमा शक्ति हुन्छ। स्थिती शक्ति । शब्दलाई गति शक्तिमा रुपान्तरण गर्न आवाजले भूमिका खेलेको हुन्छ । आवाज माध्यम हो । मतलव,  आवाज विचौलिया हो । यसले शव्दलाई स्थिती बाट गति शक्तिमा रुपान्तरण गर्न एजेन्टको काम गर्दछ । विचौलिया होस या माध्याम होस यात एजेन्ट, यिनीहरु पनि शब्दनै हुन । मेरो भन्नुको तात्पर्य शब्द तीरमा राखेको वाण हो । वाणरुपी शब्दहरु जब तीररुपी मुखारविन्दुबाट प्रहार हुन्छन, त्यसले गति लिन्छ र कित सही सीकार हान्छ कित गत्तिलो क्षती गर्छ । शब्द हतियार हो, चलाउन जान्नेलाई खेलाउना, नजान्नेलाई पछुतो र बिलौना। शब्दको लागि आवाज मात्र माध्याम हैन । कतिपय शब्द आफै बोल्छन । शब्द आफै बोलेको महशुस गर्न नयनको सयन हुन पर्छ । नयनको सयनले कयन कहानीहरु चयनसाथ विश्वमा अटल रहेका छन । बुझ्नेलाई इसारा काफी छ भन्नुको तात्पर्य नै यही हो । इसारा शब्दको अर्को माध्याम हो । इसाराको निसाना आवाजको जहाजभन्दा कयौ गुणा तिब्र दौडन्छ ।  मान्छेहरु भन्ने गर्छन । आवाजमा शक्ति हुन्छ, यसलाई बुलन्द बनाउनु पर्छ ।मेरो धारणा फरक छ। फरक यस मानेमा की,  श...

आमा

Image
 शब्दहरुमा ,    मौन   भाषाहरुले   बोलिरहेको ,    प्रेमील   वचनहरु ,   यादगार   बनेर   बाचिरहने ,   सीमाहिन   ममताका   छालहरु   ।     एकसाथ ,    घुम्ती   र   मोडहरुमा ,    नागवेली   भएर   बगिरहदा ,    दर्शाइरहने   अटुट   माया   र   भरोसा ,    विशाल ,  निस्वार्थ   र   असीम   प्रेम।     बाच्नुको   अर्थ ,    आत्मीयता   को   तत्ववोध ,    नसिकाएर   नि   सिकाइरहने ,    केवल   उहाँमा   समर्पित ,    अन्जुलीभरीको   श्रद्धा ।     मौन   भाषा ,    मौन   अभिव्यक्ति     मनैबाट   बोलिरहन्छु ,    विशुद्द   हृदयलाई   छोएर ,    जुनसुकै   समय ,    आमा  !  प्यारी   आमा  ! ! 

उकुसमुकुस धरातलमा एक मुठ्ठी श्वास

Image
         ब्रमाणडमा रहेको एक मिल्कीवे ग् यालेक्सी, मिल्कीवे भित्रको एक शौर्य प्रणाली जसको विचमा सू र्य, शौर्य प्रणालकीका नौ ग्रह, ए यी पनि वेला वेला हराउछन क्यारे, आठ ग्रह । आठ ग्रह मध्येको एउटा ग्रह, पृथ्वी । जँहा जीवन र जगतको अस्तित्व छ । जँहा सबै कुरा छ , मतलव प्रकृति छ ।  प्रकृति आफैमा अथाह छ । प्रकृतिमा के चाही छैन, सब कुरा छ । प्रकृतिमा नै मानव जाति छ । प्रकृतिमा नै वनस्पती छ । प्रकृतिमा नै वायुप्रणाली छ, हो वायुप्रणाली छ । यस प्रकृतिले सबै कुरा दिएको छ । दिएको नभनौ क्यारे, कसका लागि दिएको हो र, यसो भनौ बरु, प्रकृतिमा सबैकुरा छ। तिमी छौ, म छु, तपाँई हुनुहुनछ, ऊँहा हुनुहुन्छ, मौसुफ होइबक्सन्छ ।             प्रकृतिलाई कसैले चलाउनु पर्दैन, यो आफै चलिरहन्छ  । वास!  यसलाई चल्न दिउँ, आफ्नै गतिमा । हैन प्रकृतिलाई हाम्रो बसमा राख्न पर्छ, विकास गर्न पर्छ, कसैले नसकेको अझ भनौ प्रकृतिले  नै गर्न नसकेको हामीले गर्नु छ /पर्छ । त्यसो पनि हैन, तिमि चुप बस । तिमीले सक्दैनौ । तिम्रो पाइन छैन । यसलाई यसरी चलाउनुपर्छ । वा...

गजल ११

Image
उनी यस्ती छन कि, खुल्दा थाहा हुन्छ उनी बाहेक सबैलाई, भुल्दा थाहा हुन्छ माया र  प्रीतीको, मिठ्ठो फ्लेवर पाउन उनी सँगै आफू पनि, घुल्दा थाहा हुन्छ सोच अनि सौन्दर्यको, अनुभुती गर्नुपरे फूल जस्तै उनी सङ्गै, फूल्दा थाहा हुन्छ कलकलाउदो पानीसरी, यात्रा गर्नु परे हात समाई उनीसँगै, डुल्दा थाहा हुन्छ प्रेम रुपी संसारलाई, बुझ्नुनै छ यदी भने उनीसँग आँखा जुधाई, झुल्दा थाहा हुन्छ

गजल १०

माग्दा उनले सहारा , हात दिन सकुँ उपहार मेरै थरको , जात दिन सकुँ दु:ख कष्ट अप्ठ्यारोमा, राहत हुने गरी मुठ्ठी कसी भरोसाको, साथ दिन सकुँ विनाकारण चसक्क मन, दुखाएर उनको नआओस सोच कहिल्यै, घात दिन सकुँ दिनरात हजुर भनी, मीठो बोल्ने उनलाई अजम्बरी वर बधु को , नाता दिन सकुँ सपनिमा बुन्दै कथा,उन्दै माला पिरतीको मात लाग्ने गरि हरेक , रात दिन सकुँ

वाह नयाँ साल??

Image
मिरमिरे देखि गोधुलीसम्म गुनगानै गुनगान। कति भाग्यमानी छस है तँँ? हरेकले तेरो आगमनको उपलक्ष्यमा धुमधाम सङ्ग उत्सव मनाउछन, सुभ साइतको नाम दिएर तेरै आगमनको उपलक्ष्यमा सम्पुर्णले सम्पुर्णलाई शुभकामना आदनप्रदान गर्छन । त्यति मात्रै हो र, युवायुवती तेरै आगमनको मौका छोपी डाँडाकाँडा चहार्ने गर्छ्न, सामाजिक संजालले ठाउँ पाइनसक्नु हुन्छ। अरे यार, अरु त अरु कहिल्यै नछिर्नेहरु पनि तेरै आगमनको वहानामा तलाई सुभसाइतको पगरी गुथाई वर्षभरीनै साउनीको भट्टिको तिनपानेलाई सुभदिनको सगुनको रुपमा पिउनेहरुको पछि लागि छिरिदिन्छन पिउनकै लागि। नाम वर्षभरीको लिएर काम एकै दिनमा तमाम गरिदिन्छ्न। वाह वैशाख १ गते वाह! तेरो जन्म भएको ठ्याक्कै ३६५ दिनमा नयाँ वर्ष सुरु हुन्छ । कति लामो आयु तेरो, दीर्घायु । जन्म एउटै, भोगाइ उस्तै , तर हेर त तेरै अघिल्लो दिन न हो, चैत्र ३० । तर पनि त भन्दा ३६४ दिन कान्छो अरे। वर्षको अन्तिम दिन, बिचरो जन्मेको एकै दिनपछी एक वर्ष पुरानो भई दिन्छ । भोगाई कत्ती गह्रौं छ । वर्षभरीको पेलाईको अन्तिम दिन। नेपालीहरुले कोरिया जानको लागि बसेको लाइनको अन्तिममा रहेको नेपाली जस्तो। पर्खाई लामो तर पा...

गजल ९

तिम्रो माया जाली रैछ  मुट्टु चिर्ने फाली रैछ  मल जल गर्छु भन्थे  तिम्रो अर्कै माली रैछ  दियौ सधै झुटो माया भित्री मन खाली रैछ  फुल्छ भन्थे प्रेम बोट  सुकी जाने डाली रैछ  नरम भई वोल्ने तिम्रो बोली सबै गाली रैछ

गजल ८

Image
कलियुग मा कहाँ यारो, राम चल्दो रैछ  बरु तिम्रो नाममा सयौँ, धाम चल्दो रैछ  मेट्न मनका वहहरु भेट्न,आथेँ शहरमा     त्यै शहरमै तिम्रो नाममा, दाम चल्दो रैछ   परिस्कृत भाकी रैछौ, पढ्छु अखबारमा बजारमा टिकाइ राख्न, खाम चल्दो रैछ तड्पिएर घुमी हिड्ने, शहरका गल्लीहरु  चौविस घन्टै तिम्रै लागि, जाम चल्दो रैछ  भलाद्मी र इमान जमान, छाडेँ कुरा गर्न   अरे यारो बदनाम मै त, नाम चल्दो रैछ 

प्रणय दिवसको दिन

Image
आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस। आज भन्दा करिव बाह्र साल पहिले जानी नजानी यो शब्द सुनेको थिए। कतिपयले उच्चारण गर्न नजानेर त कतिपयले खिसिट्याउरी तरिकाले यस दिनलाई ह्याप्पी भान्टाङभुन्टुङ्ग डे पनि भन्ने गर्दथे/ छन। गाउँले परिवेशमा हुर्केको सरकारी विद्यालयमा पढेको म दुरदराजको एउटा वालक (त्यो वेलाको) लाई के थाह भ्यालेन्टाईन डे के हो। न त्यो वेलामा अहिलेको जस्तो टेक्नोलोजीको विकास भाको थ्यो न त कोहि कसैले यसको वारेमा प्रष्ट्याउने प्रयास गरेका थिए। त्यो वेलाको समयमा म बस्ने ठाउँबाट कलेज सम्म आउने बाटो हिडेर करिब पैंतिस मिनेट्को थियो। कलेजमा अरु विषयको पढाइ विहानी सत्रमा हुन्थ्यो तर विज्ञान विषय पढ्नको लागि दिवा सत्र पर्खनु पर्दथ्यो। दिवा सत्रमा सदाझै पढ्नको लागि निस्केको मैले बाटोभरीनै हल्काफुल्का वर्षा र चिसो हावाको स्पर्श गर्दै गित सुन्दै कलेज पुगेको थिए। त्यो वेलाको नोकिया सोह्र सय को सेटमा "के सन्देश बोकि ल्यायौ, हे वादल आकाशै छोपी" भन्ने गित पाच पटक सुनेपछी आफू बस्ने घर बाट कलेज पुगिन्थ्यो। जति सुने पनि आनन्दित हुने त्यो गित अहिले पनि वेलावेला सुन्ने गर्दछु।     ...

गजल ७

छाती भरी गोला वारुद, चलेपछी आयौ वारुद सङ्गै कोमल मुटु, जलेपछी आयौ बुन्थे सप्ना तिमी सङ्गै, सितल ताप्ने वरको  अनयासै त्यही वर पनि, ढलेपछी आयौ विगतमा तिमिलाई नै, सम्झिन्थ्यो यो दिल  तर आज त्यही दिल पनि, गलेपछी आयौ उत्रिदा म पर्दा अघि , लुक्यौ त्यसकै पछि  आज मलाई त्यही पर्दाले, छलेपछी आयौ भोक भोग लोभ लाभ, त्यागी सबका सब   सन्यासीको मोसो मुखमा , दलेपछी आयौ

सनिवारको झरी

Image
सनिबार, फुर्सदको समय, आराम गर्ने दिन। अझ यसरी भनौ-हप्ताभरीको कामको लोड विर्सिएर आफू अनुकुल आफूलाई आफ्नै मनले डोहोर्याएर आफ्नै दुनियामा भ्रमण गराउने दिन।साच्चै सनिवार, हप्तामा एक दिन, वाह! सनिवार सनिवार जस्तो तब हुन्छ, जब सनिवारलाई मनले आजको दिन सनिवार हो भनी चिन्छ। मन सबैको लागि मन नै हुन्छ। उसलाई त कुनै वार पर्खिन पर्दैन। जतिसुकै व्यस्त म रहुँ, जब मन चल्न थाल्छ, मेरा सबै काम तमाम गरिदिन्छ यहि मनले। सँधैझै शुक्रबारको रात मेरा लागि फुर्सदिलो रात बन्छ, फुर्सदिलो यो मानेमा बन्छ कि मलाई अरु दिन जस्तो समयको रफ्तारमा हिड्न पर्दैन र थकाई मार्नको लागि रातमा निद चाहिन्छ। हो शुक्रबारको रात मनले मेरो निदलाई आफ्नो कावूमा नियन्तत्रीत गर्छ । घडिको सुइ चलेको आफूले सुइँको पाउदिन । रात सकिन्छ, बिहान मीठो निद्रा पर्छ। निद्रा साच्चै मीठो पर्छ। यदी कुनै कुराको स्वाद जिब्रोले थाहा पाउदैन र मीठो हुन्छ भने त्यो निद्रा नै हुन्छ। न त गुलियो हुन्छ न त अमिलो, या अरु कुनै स्वाद। तर निद्रा मीठो हुन्छ। आँखा छोपिदा ओठहरु मलाई मुस्कुराउन प्रेरित गराँउछ्न सवेरै निद्राको निद हराम गर्दै "वोतल-कागज...

अध्यादेशः शकुनी प्रवृति

Image
निश्चित मापदण्डको आधारमा सेवा प्रवेश गरेपछि सो सँग सम्बन्धित ऐन तथा नियमावलीको पालना गर्नु उसको कर्तव्य हुन आउँछ। कुनैपनि व्यक्ति सरकारी सेवामा प्रवेश गर्दै गर्दा  विशुद्द श्रमिकको रुपमा यो वा त्यो जस्तोसुकै भएपनि ठिक छ भनेर करारनामा मा सामेल भएको हुदैन । मौजुदा ऐन तथा कानूनको अधिनमा रहि तोकिएको सेवा शर्त तथा वृति विकासको पथ आङ्कलन गरी भविश्यको गन्तव्य तय गरेर सेवा छनौट गरेको हुन्छ। निजामति सेवा सार्वजनिक व्यवस्थापनको मियो हो र यो सिद्दान्ततः निश्चित पदसोपान हुन्छ। यो सेवा अविभावक, जात, विचार हुँदै योग्यतामा रुपान्तरण भएको हो । राज्यको स्थाई सरकार कर्मचारीतन्त्र हो। नेपालको सन्दर्भमा निजामति सेवा प्रवेश गर्ने हरेक कर्मचारीको लागि  निजामति सेवा ऐन उसको राजमार्ग हो। राजमार्ग मोडिएको ठाँउमा हाँकिदा आफू पनि मोडिनुपर्छ भन्ने ज्ञान कर्मचारीमा हुनु जरुरी छ। अथवा राजमार्गको स्वरुप जस्तो छ त्यहि आधारमा आफ्नो गन्तव्य तय गरिनु पर्दछ, अन्यथा दुर्घटना हुन सक्ने खतरा रहन्छ। अर्को तर्फ राज्यको सफलता र असफलताको मुख्य आधार सार्वजनिक व्यवस्थापनलाई मानिन्छ। यसलाई चुस्त, कार्यमूखि र व्यवसायिक ब...

गजल ६

Image
नहुत्याउ न ए पवन - क्रन्दन कस्लाई देखाउँ  यथार्थमा बाचेको म- बन्धन कस्लाई देखाउँ छलकपट लालचा र - इछ्या अनि चाहानाको  बहानामा रुमल्लेको - स्पन्दन कस्लाई देखाउँ खुर्पालाई विड चाहिएकै हो - विकल्प त खोज    मुल्यवान हुन यो भन्दै - चन्दन कस्लाई देखाउँ वचन तीखा विझाएर - रौनक छर्दै वैंशको त्यो  भित्र भित्रै जलेको यो - दनदन कस्लाई देखाउँ रम्न चाह्यौ तिमी उता - मेलवर्न डान्स क्लबमा   भनिदेउन मेरो मनको - लन्डन कस्लाई देखाउँ

गजल ५

Image
पहिले थेन अहिले उहि, अटाइ आएछ दिलको प्यारो मान्छेलाई, हटाइ आएछ  तमसुकमा किर्ते गरि, हस्ताक्षर गराएर   जीवनभरी उनलाई पिए, खटाइ आएछ छारो हाली नयनमा, दिउँसै रात पारी भद्र भलाद्मी को नाम, कटाइ आएछ दाउमा राखी उनैलाइ, अनेक जाल रची दामी दिलमा उहि हरामी, फटाइ आएछ  लेखिएका सुनौला नाम, मेट्नु मेटाएर   नसाटिने दिललाई उस्ले, सटाइ आएछ

गजल ४

Image
घटना एउटा कारण अर्कै, जवाफ बेग्लै छ खुन उन्मादले गधाहरुको, रवाफ बेग्लै छ फलानो को को तिलानो, हामीलाई के चासो राम्रा छाड्देउ हाम्रा चाहियो, दवाव बेग्लै छ छेपारो ले हरेक मौसम, रङ्ग फेरे जस्तै गरि  व्यक्ती उहि हो चाला ढाला, नवाव बेग्लै छ व्वासो गाइको मुकुटमा, नाच्छ घना जङ्गल   थाह छैन उसलाई गाइको, स्वभाव बेग्लै छ अन्ध भक्त न्याय माग्न, धाउँछन पसलमा  नियत उही हो पसलकोनी, लगाव बेग्लै छ

यो शहरदेखी त्यो गाउँ सम्म

Image
यसपालिको दशै सधैंझै रमाइलोमै बित्यो। चाडपर्वहरु मध्ये मलाई सबैभन्दा मन पर्ने चाड चाहिँ तिहार भए पनि मेरा लागि दशै स्पेसलनै बन्ने गर्छ। कारण तिहारमा जन्मथलो जान पाउदिन भनौ या परिस्थितिले काठमाडौ छाड्न दिदैन। पारिवारिक भेटघाट, साथीभाइ सङ्गको जमघट, सुखदुःख साटासाट अनि आमाबाबुको ममताको बगैंचामा थोरै भए पनि घुलमिल हुन पाइन्छ दशैमा ।  यसपालीको दशै सधैको जस्तै भए पनि केही भिन्न रह्यो। पहिले दशैमा असोज लाग्नसाथ कोठाको भित्तामा झुन्ड्याइएको क्यालेन्डरमा घर जाने  दिन टिक लगाएर असोज महिनाको क्यालेन्डरको पन्ना नजान्ने बच्चाले खाली पन्नामा केरेझै केरिएका हुन्थे भने घटस्थापनाको दिन देखिनै घर जाने तरखरमा रहिन्थ्यो, यसपाली त्यो रहेन। जसोतसो फुलपातीको दिन सम्म भने पनि घर पुगियो। खाडिचौर देखि चरिकोटसम्म बाटो अप्ठ्यारो छ, कसरी पुग्ने होला, कि खुर्कोट हुँदै जाउ, मनमा यस्तै यस्तै कुरा चलिरह्यो।अठोट गरि खाडिचौर हुँदै घर जाने तय गरियो। दाजुभाइ आलोपालो गरि मोटरसाइकल चलाउदै पुग्ने सम्झौता भएपनी त्यसो हुन सकेन कारण म थिए। मलाई अरु जतिसुकै मोटरसाइकल चलाउन जान्ने भए पनि पछाडी बस्नु पर्दा बिस्वास लाग्...

मेरो प्रेम उनको माया

Image
नेपाली शब्दभण्डार बृहद छ भन्दै गफ दिने मध्यको एक म पनि हुँँ। गफको कुरा चलिहाल्यो यसैको गफ गरौँ । मैले भन्न खोजेको गफको विषयमा गफ गरौँ । कतिपय गफ गफैको लागि हुन्छन, कतिपय गफ ओझिलो हुन्छन र कतिपय बोझिलो पनि। मान्छेहरु भन्ने गर्छन हावाजस्तो गफ गर्यो। आखिर गफ चाहिँ हावाजस्तै नै हुन्छ । हावाको स्पर्श भएर हावामै बिलाइजान्छ गफ। गफले जहिल्यै साथ खोज्छ। एकान्तमा गफको अस्तित्व हुदैन। जब दुई वा दुई भन्दा बढी व्यक्तिहरुको जमघट हुन्छ तब गफ चल्छ। गफै गफमा मान्छेले आफ्नो अमुल्य समय गएको पत्तोनै पाउदैन। एकअर्कामा ठोहालाहाल चल्छ। हासो गुन्जिन्छ।तान्ने र पिउनेहरुलाई कति खिल्ली तानियो या कति पेग दबाइयो पत्तोनै हुन्न, यो चलिरहन्छ। यो मतलव गफ। अनि गफ गर्ने पात्रहरु जब एकअर्कामा कुनै दिन गफ गरौला भन्दै छुटिन्छन- छुटिएर अलिक पर पुग्न नपाउदै सोचिहालछन "गफ दिएर गयो" । यसरी विश्लेषण गर्दा यो लाग्छ कि गफ त्यस्तो चिज हो जुन एक पात्रद्वारा अर्को पात्रलाई हस्तान्तरण गरिन्छ।  मलाई विगतमा कोहि पात्रसङ्ग मपात्रले दिएको गफको वारेमा गफ दिन मन लाग्यो। गफ अङ्ग्रेजी शब्द love को थ्यो। love अर्थात प्रेम। प्रसङ...